
सुरेशकुमार पान्डे — ब्याक्तिहरूको आ-आफ्नै ब्याक्तित्व हुन्छ।अहिलेको विज्ञानिक युगमा मानिसले नयाँ नयाँ खोज गर्नथालेकाछन।धेरै जसो मानिसहरूले राम्रा रचनाहरू बस्तुवादी बिचारहरू लेखेर अरूलाई पनि सिक्ने अवसर प्रदान गर्छन।हामिलाई थाहाछ हिंजो जस्तो आज छैन र आजको जस्तै आउँने दिनहरूमा रहनेपनि छैन।तरपनि यो चराचर जगतमा गुणआत्मक उथल पुथल भएकै हुन्छ।त्यसैको अध्यायन गरेर आफुलाई अगाडि सम्म हिंडाल्न सक्किन्छ।
मानिस आफैले ठुलो आविस्कार गरेर पनि बुजुर्वा बिचार बाट मुक्त हुन सकेकोछैन।जव राम्रो काम गर्छ त्यसको श्रेय आफुले लिन्छ तर काम बिग्रियो भने कां बाट बिग्रियो भनेर खोज बिन गर्नुको सट्टा इस्वर भगुवान भाग्या आदिलाई अडाडि सारेर आफु जोगिन्छ।यो मानव ईतिहाशको दयानिय र यथार्थ दर्पण हो।समाज संगठनमा पनि अहिले त्यसैको नक्कल गर्न थालियो।कुनै काम सफल भयो भने तेसको जस लिने कयौं हुन्छन बिग्रियो भने अपजस लिने कोई पनि हुँदैन बरू एकले आर्कामा थोप्ने चलन बसेकोछ।मानिसले आफै ढुङ्गालाई तरासेर एउटा काल्पनिक अनुहार निर्माण गर्छ जो भगुवानको नाम दिन्छ अनि त्यसै सँग आफ्नो सुख सुबिधाको मागगर्छ र मानिस आफै भ्रमित हुन्छ।
बुजुर्वाहरूले त जेसुकै गरून आफुलाई वैज्ञानिक भौतिकवादी वा कम्युनिष्ट क्रान्तिकारी भनौदाहरूले समेत यस्तो गर्दा दुःखलाग्छ।जसले यो संसारलाई बदल्ने जीम्मा आफ्नो कांधमा लिएकोछ उसैले पनि ठिक त्यस्तै गर्छ जसलाई फेर्न कम्युनिष्ट बनेकोहो आफै तेसैमा पसेर समायोजित भएरै छाड्छ।
हाम्रो देशको कम्युनिष्ट आन्दोलन ७२बर्षको बुढो भैसक्दा समनि भ्रुण अबस्थामा हुनुलाई कस्को गलति भन्ने?ईस्वर प्रमात्मा वा हाम्रो भाग्य कि स्वायम आफु?वास्तबमा जे को बिउ रोपिन्छ त्यहि फल्छ।
नौलो जनवादी क्रान्तिको नाउमा अवसरबादलाई छरेपछि नौलो जनवाद त फल्दैन अवसरबादनै फल्छ।नेपालको कम्युनिष्ट आन्दोलन निम्न पुँजिवादी माटामा उम्रिएको एउटा कम्युनिष्क बिउहो जो अनुसन्धान गर्दा गर्दै खिल्टिएकोछ।
यो अरू कसैका कारणले होईन स्वायम कम्युनिष्ट भित्र लुकेको चरम अवसरबादका कारणलेहो।
हामिलाई लाग्छ देशमा क्रान्तिको खांचोछ त्यो सत्यहो अनि हामिले क्रान्ति कसरी गर्ने?यसबारेमा धेरैजसो अवसरबादी धारणा हरू जन्मिएका हुन्छन त्यो पनि सत्यहो।
हामिले के सोचेका हुन्छम भने फलानाले क्रान्ति गर्छ त्यस कारण त्यसैको पछि लाग्न थाल्छौं।त्यो पतन भयो भने हामिले कम्युनिष्ट आन्दोलनलाई दोश दिन्छौ।त्यस्तो ब्याक्तिले पनि क्रान्तिको मैदान बाट भाग्यो भनेर निरास हुनु कमजोर मानसिकताको धोतकहो।हामि आफै आर्काको बैसाखिले टेक्नाले यो दुरगति आयो।कम्युनिष्टको बारेमा आफै अध्यायन गर्ने प्रयात्न गरेनौँ।फलानाको दन्तेकथाको पछिलागेर आफुलाई कामरेडको केटागरिमा उभ्यायौँ त्यसैको परिणाम भोग्दैछौँ।विस्व कम्युनिष्टको अध्यायन गरेर देशको अबस्थाको मूल्यांकन गरेर कम्युनिष्टको झण्डा छोपेकाहरूले आर्कोले के भन्यो आर्कोले के गय्रो भनेर आर्काको पछि लाग्दैनन्।आफु अटल हुन्छन सक्रिय हुन्छन अनि त्यो कमानलाई बलिएरी छोप्छन।
कामरेड लेनिनले भन्छन कम्युनिष्ट आन्दोलनलाई छोप्दै नछोपेको भन्दा पनि सुस्तरी छोपेको बढि खरनाख हुन्छ।त्यसकारण यो सुस्तरी छोपेकाहरूको कामहो जसले आफुमा बढि नैतिकता भयको सोंच्छन बढि ज्ञान भएको सम्झिन्छन।अनि ठुल ठुला भाषन र दन्तेकथाको महेफिल जमाउँछन अनि केहि समय पछि बिलाउँछन।त्यो किन हुन्छ भने उनिहरू कम्युनिष्ट बन्न नसकेर कम्युनिष्ट बनेको अभिनय गरेका थिए जो परिक्षामा फेल भए।
हाम्रा कतिपय मित्रहरूले कसैका लेख रचनामा केहि नकारत्मक तत्व भेटाएपछि उस्लाई सम्झाउँने तिर भन्दा भड्काउँने तिर लाग्नुहुन्छ।आफु नाग्गिएपछि अरूलाई पनि नङ्गाउँने खेल हुन्छ।
साथि हामि एउटै बर्गका एउटै समस्याले ग्रसित पिडितहरूले संगठनलाई फोरेर कस्को सेवा गर्छौं।क्रान्तिकारी आन्दोलन टुक्रेर सफल हुन्छकी भित्र हावा हुरीले ल्यायको कंसिगर बढारेर हुन्छ?यसबारेमा गहिररी अध्यायन गर्नुपर्छ।
आफुलाई जस्तो लाग्यो त्यसैको आबेसमा आएर आफ्नो यतिलामु शंघर्ष को यात्रा अध्यायन अभ्यासको पनि बलि चढाउँनेहरूलाई सहि बिचार अगाल्यो भन्न सकिदैन।कस्ले के गय्रो के भन्यो त्यसलाई शेर गर्नुभन्दा आफुले के गर्ने त्यसबारे बिचार पुराउँन सक्नु पर्छ।
कम्युनिष्ट आन्दोलन कुनै भोज भतेर जस्तो होईन चार दिन लहलैमा हिंडेर क्रान्ति हुँदैन।क्रान्तिका लागि कयौं पल्ट पार्टी संगठनमा दरार आउँछ ज्वाहार भाटा आउँछन कोई निक्लिन्छन कसैलाई निकाल्नु पर्छ।कयौं पल्ट कार्वाहि पनि हुन्छ र निरन्तर शंघर्षकै बाटोबाट क्रान्तिको शंकनाथ हुन्छ।
यो दौरानमा रामहेर्न आएका राम्चेहरू लाखा पाखा लाग्छन त्यहि मात्र मैदानमा हुनेछ जस्ले साँचैभन्दा कम्युनिष्टको बिढा छोपेको हुन्छ।हामि त अहिले सिकारूनै हौ़ अनि सिकारूले आन्दोलनको उठान त गर्ला तर त्यो पतन हुन्छ सफलनै भयपनि ब्यबस्था टिकाउँन सकिदैन।त्यसैले अहिलेको यो शंघर्ष भनेको जन शंघर्षनै हो र यसैको माध्यायम बाट बर्गशंघर्षको थालनिहोला जस्ले आउँने दिनमा क्रान्ति पनि समपन्न गर्ला भन्ने हामिलाई लागेकोछ।जनवादी आन्दोलन कसैको बहेकावमा चल्दैन त्यो चलेपनि क्षाणिक हुन्छ।क्रान्तिकारी कार्यक्रता पनि कसैको दुधपछि आएको हुँदैन उस्लाई सिधान्तले जन्माएको हुन्छ।कोई गयो भनेर जाने कसैले कान लिएर गयो भन्दा कौवाको पछि भाग्ने गर्दैन।हाम्रो देशका धेरै जसो कम्युनिष्टहरूले मार्क्स लेनिन माऔहरूको राम्रा राम्रा मुर्ति बनाएर पुज्न त सक्लान तर उनिहरूको बिचारलाई आफ्नो पदप्रदर्शक सिधान्तको रूपमा ब्यबहारिकता दिन सक्ने क्षामताको बिकास गर्न कठिनछ।हिंजो ससस्त्र शंघर्ष गर्न बन्दुक उठाएका आफुलाई क्रान्तिका अग्रदुत बताउँनेहरूको अबस्था आज कसैबाट लुकेकोछैन।त्यसैले कसैको नक्कल होईन आफ्नो अक्कलको प्रयोग गरेर जन शंघर्षमा बिस्वाबाश गरौ र भागेर फुटेर होईन जुटेर अगाडि बढौं।
