गजल!

  • सोमवार, पुस १२, २०७८
गजल!

फेरीपनि अर्कोपल्ट धुनधान हुन्छ देशभित्र,
आंधि वैरीको ब्यापक उठान हुन्छ देशभित्र।

नयाँ जनवादकै लागि आउँने दिनमा साथि,
बर्गशंघर्षको ठुलो आवहान हुन्छ देशभित्र।

अप्राधि छानिछानि छोप्छन देशभक्तहरूले,
त्यो बेला देशभक्तकै सम्मान हुन्छ देशभित्र।

गाउँ गाउँमा जुर्मुराउँने छन किसान ज्यामि,
फेरी सबैका समस्या निदान हुन्छ देशभित्र।

सर्वहाराकै नेतृत्व र मिहेनतकसको अधिन,
नौलो जनवादको अभियान हुन्छ देशभित्र।

छाडेर बिदेशको कुल्लि चौकिदार फर्किदा,
होनहार युवाशक्ति नौजवान हुन्छ देशभित्र।

कसैले रोक्न सक्नेछैन वीरताको गाथालाई,
हाम्रो नि त्यो बेला ठुलो शान हुन्छ देशभित्र।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार