शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • माओत्सेतुङ बिचारधाराई ग्रहण गराै, अबशरवाद बिरुद्ध संघर्ष गराै !!

माओत्सेतुङ बिचारधाराई ग्रहण गराै, अबशरवाद बिरुद्ध संघर्ष गराै !!

  • शनिबार, पुस १०, २०७८
माओत्सेतुङ बिचारधाराई ग्रहण गराै, अबशरवाद बिरुद्ध संघर्ष गराै !!

बिस्व कम्युनिस्ट आन्दोलनमा माओत्सेतुङका याेगदानहरु अविस्मरणीय छन।मार्क्सबाद लेनिनबादका संस्थापक प्रबर्तकहरु मार्क्स, एगेल्स, लेनिन र स्तालिनले जस्तै माओत्सेतुङले मार्क्सवाद लेनिनवादकाे बिकाशमा निरन्तरता दिदै मार्क्सवाद लेनिनवादलाई अगाडि बढाएका छन। मार्क्सवादका तिनै संगठक अङ्गहरुमा माओत्सेतुङका महान याेगदानहरुले मार्क्सवाद लेनिनवादलाई मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधारामा बिकाश गरेको छ।मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधाराले मार्क्सवाद र लेनिनवादले जस्तै विषेश छुट्टै प्रकारकाे युगकाे भने प्रतिनिधित्व भने गरेको छैन किनभने वर्तमान युग साम्राज्यवाद र सर्वहारा क्रान्तिकाे युग , लेनिनवादकाे युग हाे।यसरी भनि रहेको तापर्य के हाे भने विद्यमान बिस्व परिस्थितिमा कतिपय सामान्य परिवर्तनका बावजुद पनि सर्वहारा क्रान्तिकाे साथै सर्वहारा अधिनायकत्व सम्बन्धमा लेनिन द्वारा स्थापित मान्यताहरु पछाडि परेका भने छैनन् , बरु ति अहिले पनि प्राय: उहि प्रकारले लागु भईरहेका छन , जसरी माओ याेगदानहरु बिकशित हुनु भन्दा पहिले लागु हुने गर्दथे। माओत्सेतुङ बिचारधारा त्यो भन्दा भिन्नै परिस्थितिका लागि हाेईन तर माओत्सेतुङ बिचिरधाराकाे आलाेकमा लेनिनवादि मान्यताहरुकाे सरलिकरण भएको छ,थप ब्याख्याहरु जाेडिएका छन कतिपय ब्याख्या र विस्लेषण गर्न बाकी रहेका कुराहरु पुरा भएका छन।त्यसरि माओत्सेतुङ बिचारधारा लेनिनवादि युग भित्र मार्क्सवादी लेनिवादि बिज्ञानकाे बिकाशकाे समुन्नत रुपले जुन मार्क्स , एगेल्स, लेनिन , स्तालिन र माओत्सेतुङका क्रान्तिकाे बिज्ञानका याेगदानहरुकाे एकमुष्ट समस्टिगत रुप हाे।

माओत्सेतुङले द्वन्दात्मक पद्धतिकाे बिकास गर्ने सिलसिलामा लेनिनको द्वन्दवादलाई बिपरित तत्वहरुकाे एकताको सिद्धान्तको रुपमा परिभाषित गर्न सकिन्छ । यसले द्वन्दवादकाे गुदिलाई ग्रहण गरेको छ तर यसकाे ” ब्याख्या र बिकाश गर्नु पर्दछ ” भनाईलाई आधार बनाएर विषेश रुपले विपरीत तत्वहरुकाे एकता र संघर्षकाे नियममा नै जाेड दिए। उनलेे यस नियमलाई सहि किसिले बुझ्न नसकेको तथापि विपरीत तत्त्वहरुकाे एकता र संघर्षलाई भिन्नाभिन्नै रुपमा ब्याख्या गरेर एक पक्षिय दृश्टिकाेण प्रस्तुत गरेकाे हुँदा ” स्तालिनमा अधिभुतवादकाे प्रसस्त अम्स रहेको ” र स्तालिनले ” अधिभुतवादि पद्धति सिकाएको भनेर आलोचना गरे तर त्यसकाे बिरुद्ध उनले द्वन्दात्मक पद्धतिमा नयाँ उर्जासिल आयाम थपे ।
आैपनिवेशिक नव आैपनिवेशिक र सामन्ती मुलुकहरुमा नयाँ जनवादी क्रान्तिकाे रणनीति र कार्य निति निरुपर्ण गर्ने सवालमा पनि माओले लेनिन र स्तालिनका तत्सम्बन्धि नितिहरुलाई एउटा प्रमुख आधार बनाएका छन किनभने नयाँ जनबादि क्रान्तिकाे सिद्धान्तको सुत्रपात गर्ने ब्यवहारिक रुप दिने र तिनकाे बिकास गर्ने सवालमा माओत्सेतुङकाे महान रचनात्मक याेगदान रहेको छ तर त्यो न लेनिनवादि युग भन्दा छुट्टै छ न लेनिनवादि प्रस्तापना र लेनिन र स्तालिनका बिचारहरु भन्दा भिन्नै छ। माओले विस्व सर्वहारा क्रान्ति तथा त्यसका अभिन्न अङ्ग बनिसकेका उत्पिडित रास्ट्र र मेहनतकश जनताका रास्ट्रिय मुक्ति आन्दोलन तथा जनवादी आन्दोलन सित सम्बन्धित कैयौं सैनिक सिद्धान्तहरुकाे सुत्रपात तथा तत: सम्बन्धि कतिपय सिद्धान्तहरु परिमार्जित गर्दै साम्राज्यवाद र विभिन्न खाँले प्रतिक्रियावादि शक्तिहरुकाे पकड कम हुने ठाउँ गाउँले क्षेत्रहरु द्वारा शहर घेर्ने सिद्धान्त बिकसित भएको छ ।

गुरिल्ला आक्रमण जुन सानो शक्तिले ठूलो शक्तिमाथि हमला गर्ने ठाेश शैली हाे , साम्राज्यवाद बिराेधि प्रतिराेधकाे लागि आवश्यक शैली हाे । याे साम्राज्यवादकाे नाईटाेमाथि प्रहार गर्ने सिद्धान्तको विषेश रुप हाे। सर्वहारा अधिनायकत्वलाई मजवुद बनाउने सिद्धान्त अनुरुप सर्वहारा अधिनायकत्व अन्र्तगत अविरल क्रान्तिकाे सिद्धान्त प्रतिपादित र विकसित भएको छ साथै माओत्सेतुङकाे सर्वहारा क्रान्तिले यहीँ कुरालाई फाेकश गर्दछ ।

१# राजनीतिलाई सबैभन्दा माथि राख !
२# आधुनिक संसाेधनवादकाे बिरुद्ध संघर्ष गराै !!
३# जन समुदायहरुमाथि बिस्वास गर !!!
४# बिद्रोह गर्नु अधिकार हाे !!!!

चर्चामा

सम्बन्धित समाचार