शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • कुनैपनि क्रान्तिकारी खुसी हुन सक्दैन तर!

कुनैपनि क्रान्तिकारी खुसी हुन सक्दैन तर!

  • शनिबार, पुस १०, २०७८
कुनैपनि क्रान्तिकारी खुसी हुन सक्दैन तर!

सुरेशकुमार पान्डे– अहिले जसरी समाचारहरूमा एउटा गुटले माओवादी सँग एकता गर्नथाले पछि ने क पा (मसाल)ले बक्तब्य जारि गरेको बिषयलाई लिएर मसालको नेतृत्व खुसि भयो”भन्ने जस्ता बिचार लेख्नु भएकोछ।यि सबैलाई पढ्दा मलाई केहि कुरा लेख्ने मन लाग्यो।
कुनैपनि क्रान्तिकारी पार्टी संगठन वा ब्याक्ति साथिले गलत बाटो छोप्दा खुसि हुँदैन।साथिहरूले भनेको जस्तो बुझ्नु अस्वभाविक बिषयहो।
हामिले सुरू देखिनै भन्दै आएको कुरा कसैले पनि राम्रो ठाउँ छाड्छ भने त्यो अलपत्र पर्छ र नराम्रो ठाउँमा उभ्भिन्छ।अहिले त्यसैको पुष्टी भएकोछ।साथिहरूले साथ छोडेर जांदा कुनैपनि साथिलाई खुसिछैन झन पार्टीलाई त हुनै सक्दैन किन कि जो साथिहरू जानुभयो उँहाहरूले पाल्टिमा त योगदान दिनुभयकैछ तर स्वायम पार्टीले पनि त लगानि गरेको थियो होला।एउटा पेसेवर साथि माथि त पार्टीले धेरै लगानि गरेको हुन्छ।त्यो ब्याक्तिले भोलि संगठनलाई छाडेर जाला भनेर त साहिद कसैले पनि लगानि गर्दैन होला?
त्यो साथिले पार्टीलाई छाडेर जांदा सबैलाई दुःख लाग्छ धेरै साथिहरू भ्रममा पनि पर्छन।हामि सँग उनिहरूको भावनात्मक समबन्ध पनि हुन्छ हाम्रो बर्ग पनि एउटै हो र उदेश्य पनि एउटै हो भन्ने हामिलाई लाग्छ। यदि एउटै उदेश्य हो भने साथिहरू बिचिल्लिमा नपरौं बरू आफु बसेको घरमा फर्कौं हामिले भन्दै आएकाछौं।आफु बसेको ठाउँ ठिक छैन भने भित्र बढारौं तर न भागौं यदि भागि हाल्ने हो भने राम्रो क्रान्तिकारी ठाउँ बनाउँ।यदि त्यसो गर्न सकिदैन भनि बिद्रोहको के अर्थ रह्यो?हामि जति भागेपनि आफु सँग भएको रोग सँग सँगै जान्छ।
एउटि जिवित पार्टीमा थुप्रै बिचारहरू जन्मिन्छन त्यसको छलफल गर्ने ठाउँ हुन्छ।मेरो कुरा खाई दिएनन वा मेरो बिचार पारित भएन भनेर हताश र निराश भएर निक्लिन्छन भने त्यसको के उपचार हुन्छ?भनिन्छ “भिर बाट हाम नफाल भन्न सकिन्छ कांध थाप्न भने सकिदैन।”
अहिले जाने साथिहरूले सबैभन्दा पहिले सूदूरमा भेला गर्नु भयो त्यो बेला उँहाहरूले हामि कतै जांदैनौ भन्नु हुन्थ्यो।हामिले त्यो बेला सम्म साथिहरूलाई गलत बाटो न चुन्नुस मित्र भनेकैहौं।
सबैभन्दा पहिले कतिपय साथिहरूले हामि कार्वाहिमा परेकालाई बोल्ने ठाउँहो भन्दै समानातरको संगठन जागरण खोल्नु भयो अनि अहिले त्यो जागरणका कयौंले मसाललाई दक्षिण पन्थि भन्दै अहिले उँहाहरू देशमा क्रान्ति गर्न क्रान्तिकारीको सरणमा पुग्दै हुनुहुन्छ।पार्टीले हुर्काएपछि पार्टीलाई लात हानेर जांदा कसैलाई खुसि लाग्छ?पक्कै पनि लाग्दैन।
तर पार्टीमा बसेर अराजक गतिबिधि गर्ने,अनुसाशन बिहिन काम गर्नेहरूले पार्टीलाई फाईदा पनि गर्दैनन भन्ने कुरा पनि बुझ्नु आबस्याकछ।
कुनैपनि पार्टी संगठन बिना अनुसाशन चल्न सक्दैन भन्ने कुरा भर्खरै जागरणको अबस्थाले पनि पुष्टी गरेकोछ।
अहिले माओवादी तर्फ लाग्ने साथिहरू त जागरणका सदस्य हुँनुहुन्छ।आफैले पनि त्यो मञ्चलाई बलियो बनाउन नसक्दा उनिहरू तितर बितर भएकाछन।त्यो अनुसाशन बिहिन गतिबिधिलाई कसरी रोक्न सकिन्छ?आफ्नो पार्टीलाई फुटाएर अरूको पार्टीमा मिसाउन पुग्नेलाई कत्तिको पार्टीमा योगदान दिएकारैछन भन्ने कुरा प्रष्ट भएन र?
अहिले पनि केहि बिग्रेकोछैन बांकि साथिहरू भोलिका दिनमा एमाले र कांग्रेसमा जानु भन्दा आफ्नै घरमा फर्किनु भयो भने सम्मान मिल्नेछ।जसले राम्रो काम गर्छ पार्टीको बिकास गर्छ पार्टीको हितमा रहेर काम गर्छ त्यसको लागि सधै पार्टी संगठनको ढोका खुल्ला हुन्छ।हाम्रो संगठनमा जनवादि केन्द्रियताको रक्षा गरिन्छ।पार्टी संगठनका भित्र छलफलमा स्वतन्त्रता हुन्छ भने छलफल द्वारा लिएका निर्णयलाई मेरो होईन फलानाको हो भन्ने चलन हुँदैन जसको भएपनि त्यो निर्णय भैसकेपछि पार्टीको निर्णय हुन्छ त्यसलाई कार्यन्वयन गर्ने सबैको क्रतब्य हुन्छ।यो संगठनको अनुसाशनमा रहेर काम गर्नको लागि कसैले रोक्दैन।तर आ आफ्नो स्वार्थलाई लाध्ने संगठनको निर्देशन नमान्ने आफ्नै मनमर्जि गर्नेहरूलाई संगठन भित्र कुनैपनि ठाउँ हुदैन।उनिहरूले बिगतमा शंघर्ष गरेका हुन अरे अहिलेपनि उन्ले जति बेला सिंगो पार्टीको बिरोध गर्दैछन त्यो बेलापनि उनिहरूलाई सम्मान गर्नुपर्ने पनि हामिलाई कर छैन।जति बेला सम्म उनिहरूले काम गरे त्यो बेला सम्म उनिहरूलाई जिम्मा दिएर सम्मान पार्टी संगठनले खुब गरेकै थियो।
गरिमामय ईतिहाश बोकेको पार्टीको लोगो लाई धितो राखेर अर्कै पार्टी सँग एकता गर्दा पनि हामिले उनिहरूलाई सम्मान गर्नु पय्रोर कामरेड? खै मलाई त यो बिचार खुबै पचेन।यसतो बिचारनै अवसरबादी बिचारहो त्यसको खण्डन गरेर मात्र पार्टीको गरिमामय ईतिहाशको जोगेर्ना गर्न सकिन्छ भन्ने मलाई लाग्छ।हामिलाई संगठन भित्र कामै गर्न नसकेपनि यतिलामो समय सम्म काम गरेका साथिहरू कतै नगएर बसेको भए बरू सम्मान गर्न सकिनथ्यो होला।
अहिले चुनाव नजिकै आएको बेला उनिहरूलाई अफर मिलेको होला अनि लोभले उनिहरूलाई खिच्दै खिच्दै ठिक त्यँहा पुराएकोछ जंहा उनिहरूको बिलाप नहोला भन्न सकिदैन।लोभले लाभ लाभले बिलाप हुन समय लाग्दैन।हामिले त कुनैपनि साथिहरूलाई आफ्नो घर छाडेर नजानुस भनेर भन्न सक्छौँ उनिहरूको पछि लाग्न सक्दैनौँ।पार्टी संगठनमा जस्ले निस्वार्थ एक घन्टा काम गय्रो उस्ले पनि पार्टीलाई दिएको योगदान बिर्शनु हुँदैन।हिंजो विजय शर्मा गए अजय शर्मा गए,डिलाराम गए गिरिधारी लगाएतका धेरै ब्याक्तिहरू पनि गए।उनिहरू संगठनमा बस्दा सम्म उनिहरूले संगठनलाई दिएको योगदान तनमा दस्तावेजहरूमा आजपनिछन।हामिले काम गरेनन भनेर उनिहरूले काम नगरेको हुँदैन।उनिहरू लगायत सबै साथिहरूले संगठनमा ब्यापक काम गरे त्यो बेला सम्म संगठनले उनिहरूको सम्मान गय्रो।तर अहिले उनिहरूले संगठनलाई तहश नहश पार्नै थालेपछि पनि सम्मान गर्नै पर्छ र?यो बिषयको उत्तर मैले साथिहरूलाई नै खोज्न लगाएं।

चर्चामा

सम्बन्धित समाचार