शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • हराएको ४० बर्ष पछि बाजुराका कर्णसिं रावल जन्मभुमि पुग्दा….

हराएको ४० बर्ष पछि बाजुराका कर्णसिं रावल जन्मभुमि पुग्दा….

  • बिहिबार, पुस ८, २०७८
हराएको ४० बर्ष पछि बाजुराका कर्णसिं रावल जन्मभुमि पुग्दा….

बाजुरा — बाजुराको हिमाली गाउँपालिकाका ६ बस्ने ६२ बर्षिय कर्णसिं रावल ४० बर्षपछि घर फर्केका छन् । कर्ण भाारतमा ३२ बर्ष जेलजीवन विताएका थिए । २२ बर्षको उमेरमा घर बाट निस्केका उनि भारतमा ८ बर्ष बसेपछि उनि जेल परेका थिए ।
कर्ण घरमा आमा बुवा र दाईसँग सामान्य विवाद हुदा २२ बर्षको उमेरमा एका-एक घरबाट भागेर भारत गएको आफन्तले बताएका छन । घरबाट भागेर भारतको उत्तराखण्डको चम्फावती, अलमुडामा ८ बर्ष सम्म ज्याला मज्दुरी गर्थे । काम गरीरहेको बेला साथीहरुले ज्यान उद्योगमा फसाएर जेल परेको उनले वताए ।
कर्णले भारतको पिर्थगाड, बनारास बरेली र हरिताल स्थानमा ३२ बर्ष जेल जीवन विताएका थिए । ज्याला मज्दुरी गरी रहेको बेला उनका साथीहरुले ज्यानमारा केश लगाउदा जेल परेका हुन । उनको ४० बर्ष जेल जीवन विताई सके पछि घर जानुपर्छ, भन्ने सोचमा आफु नेपाल आएको वताए । अलि अलि याद थियो, गाउँ घरको बाजुरा पुगेर घर खोजेर पत्ता लगाइ घर आएको बताएका छन ।
घरबाट भागेर जाने बेला घरमा आमा, बुवा दाई थिए र अहिले उनीहरु सबैको मृत्य भइसकेको छ । अहिले आफन्त भाई भतिजको घरमा बस्दै आएका आफन्तहरुले बताएका छन । उनले आफन्तको घरमा बस्दै गर्दा सबैलाई आफ्नो दुःख सुनाएका थिए । नागरिकता समेत नबनाएका उनले गाउँपालिमा प्रशासन बाट गरेको शिबिरमा नागरिकता बनाउने प्रक्रिया अगाडि बढाएका छन् ।
गाउँमा यती लामो समय पछि घर फर्किदा गाउँनै पुरै अच्चमित भएको स्थानियले वताएका छन् । ४० बर्षको अन्तराल पछि नेपालमा घरको दैलो खोज्दै आएपछी आफन्तले खुशीयाली मनाएको चिन बहादुर रावलले वताएका छन् । कर्ण घर बाट निस्केपछि घरकाले पनि कता गएको कुनै खोजी खबर नगरेको थियो । कर्णले  पनि गाउँप्रति वास्ता नगरेको थियो । ३२ बर्ष जेलबाट छुटेपछि उनि आफ्नो जन्मभुमी खोज्दै गाउँपुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार