सधै पूर्वमा उदाएको त्यो लालि देख्दा खुसि लाग्छ,
मलाई देशको मेचि र महाकाली देख्दा खुसिलाग्छ।
म जन्मेको त्यो ठाउँ बाट सेतो हिमाल देखिन्छ सधै,
गाउँको बाटोमा उकाली ओराली देख्दा खुसिलाग्छ।
पढेकोछुँ मैले छिटपुट थोरै मेरो देशको ईतिहाश नि,
लडाईकै मैदानमा विर गोर्खाली देख्दा खुसि लाग्छ।
कति शुन्दर देश स्वर्ग छ कतै भने त यँहि मात्र होला,
सबै मधेशी पहाडी अनि हिमाली देख्दा खुसि लाग्छ।
कति शुन्दर बनावट चिसो बतास लालि गुराँश उस्तै,
बर पिपल छायाँ फिँजेका डालि देख्दा खुसि लाग्छ।
टाडै बाट चिनिन्छ द्वौरा सुरूवाल ढाकाको टोपि मा,
सांच्चै भन्दा परदेशमा त नेपाली देख्दा खुसि लाग्छ।
सुरेशकुमार पान्डे।