
सुरेशकुमार पान्डे — हामिले धेरै बर्ष पहिले एउटा यो गीतमा पनि अभिनै गर्थ्यौ म आफैले पनि कयौंपल्ट जानिनजानि अभिनय गरेको थिएं।”देखेकै कुराहो हजूर,भोगेकै कुराहो हामिले भन्न केकोडर”त्यो त्यतिबेलाका शोशक सामन्तिहरूको बिरूपद्धमा एउटा गाएन कलाकारको चित्रण थियो।
तर यो गीत बेला बखतमा कयौं पल्ट हाम्रै साथिहरूलाई पनि ब्यांग्यात्मक चित्रण गर्न काम आएकोछ।कुनैपनि ब्याक्तिलाई लामू समय सम्म शंघर्ष गरेर आफ्नो क्रान्तिकारी छविलाई शुरक्षित राख्न अपठ्यारो हुन्छ।हामिले आफ्नो चारदशक भन्दा लामू कार्यकालमा कयौँ साथिहरू क्रान्तिको मैदानमै जन्मेको र त्यसैमा पतन भयको देखेकाछौँ।
जीवनमा कुनै पार्टीमा नलागेकाले पनि बांच्नको लागि शंघर्ष गरेकै हुन्छन।उनिहरूले समाजमा आफ्नो छविलाई राम्रो गराउँन भयपनि आफ्नै भित्रपनि शंघर्ष गरेका हुन्छन।हामिले भारतमा एकता समाजमा प्रवेस गर्ने बेला आफुलाई सुधार्ने अभियाननै थियो।
एउटा कम्युनिष्ट पार्टीको कुनै संगठनमा लागेको ब्याक्तिले त्यो भन्दा कयौं गुना शंघर्ष गर्नु परेको हुन्छ।त्यो बेला एकतासमाजमा अनुसाशित भयका ब्याक्तिलाई छानेर वामपन्थि युवक मोर्चामा सामिल गरिन्थ्यो।पार्टीको समर्थक बन्नलाई लामूसमय लाग्थो कयौं ठाउँमा फिल्टर भैसकेपछि बल्ल पार्टीको समर्थक बनाउँने चलनथियो।
त्यसैले कम्युनिष्ट पार्टीले आफ्ना समर्थकहरूलाई भन्दै आएको एउटा कुरा केभने बस्तुगत अबस्था हेरेर बर्तमान अबस्थालाई बदल्ने कार्यक्रम बनाउँनुपर्छ।यदि त्यसो नगरेर उग्र हुन थालियो भने हामि समाज बाट पनि एक्लिने गर्छौँ।तर कम्युनिस्टहरूले बर्तमान अबस्थालाई पनि मिच्नै पर्छ।त्यसैले हामिले पहिलि आफै किलिएर हुने अनि त्यसमा आफ्नो घरभित्र लागु गर्ने र बल्ल समाजमा लागु गर्ने प्रयात्न गर्नु पर्छ।धेरै कम्युनिष्टमा लागेकाहरू पहिले चर्का चर्का नारा लगाउँछन र जनता बाट पनि टाडिन्छन आफ्नो घरबाट पनि समर्थन पाउँदैनन उनिहरू आफै पनि क्लिएर भै सकेका हुँदैनन्।त्यसैको परिणाम अलिकति ठोक्कर लाग्यो भने सहन सक्दैनन् र अन्तत्वगत्वो उनिहरूले गलत बाटो छोप्न पुग्छन।बिगतको ईतिहाश सांचिछ भन्दा कतिपय साथिहरूले सबैलाई एउटै घानमा हाल्नु हुदैन भनेर भन्नुहुन्छ।हामिले कसैलाई पनि उस्तै हुन्छन भनेका छैनौ।एउटा कुरा के भन्छौ भने कुनै ब्याक्तिले राम्रो ठाउँ छाडेर जान्छ भने त्यो जानि नजानि न राम्रो ठाउँमा पुगेको हुन्छ।अहिले सम्म भयको पनि त्यहिछ।नेकपा मसाल बाट भागेका साथिहरू अहिले सम्म कुन राम्रो ठाउँमा पुग्नु भयो?नेकपा मसाल लाई क्रान्ति गर्दैन यो पाल्टिले भन्ने हरू अहिले सम्म कुन चाहिंले क्रिन्तिकारी बाटो छोप्नु भयकोछ त?यसैले प्रष्ट पारिसकेकोछ।भन्नलाई त जो एमाले भए उन्ले पनि आफुलाई नराम्रो भन्दैनन् जो माओवादीमा गए उनिहरूले पनि आफुलाई नराम्रो ठाउँमा गयको भन्दैनन् जो कांग्रेसमा गए उनि पनि ठिकैछन।यानि कि जो जुनठाउँमा छ त्यो त्यँहा आफु ठिक भएको भन्छ।हो उनिहरूलाई मसाल बाट गएपछि भने आफु आजाद भयको जस्तो महेशुर्ष अबस्यपनि भएको हुनसक्छ।किन कि मसालमा अनुसाशनछ, नीतिछ गोपनेतामा रहनुपर्छ र धेरै मिहेनत पनि गर्नुपर्छ।त्यँहा त्यो पर्दैन होला मसला छाडेर गएकालाई त्यँहा सम्मान पनि मिलेकै होला सुख सुबिधाको दृष्टिले हेर्दा उनिहरू राम्रो ठाउँमा गएकाछन।तर सैधान्तिक राजनीतिक दृष्टिले हेर्दा उनिहरू पतन भएकाछन।त्यो हामिले भन्नु पर्दैन उनिहरू आफैले महेशुर्ष गर्न सक्नेछन।
अहिले नेकपा मसालले कार्वाहि गरेका मध्य कयौं लामू समय देखि मसालमा जीम्मा लिएर काम गरेकाहरू अलि दिनको नाटक मञ्चन पछि माओवादी तिर जाने तरखरमाछन।उनिहरूलाई पहिले देखिनै माओवादीले उपयोग गर्दै आएका रैछन भन्ने कुरा प्रष्टनै हुन्छ।हामिले भन्दै आएका थियौं पार्टीले कसैको बेग्लै बिचार आयो भन्दैमा कार्वाही गर्दैन बरू उनिहरूको ब्यबहारमा फुटप्रस्त बिचार प्रफुल्लित भैसकेपछि मात्र उनिहरूलाई कार्वाही गर्ने गर्छ।कुनैपनि क्रान्तिकारि पार्टीको लागि आफ्ना कार्यक्रता अमूल्य हुन्छन।
तर मैले यो भनि रहँदा सबैलाई एउटै घानमा हालेको भन्नु मिल्दैन कतिपय गहुँ संग घुन पनि पिसिन्छन।त्यो कसरि भने एकजना माथि पुगेको कार्यक्रता वा नेता सँग हाम्रो भावनात्मक समबन्ध पनि जोडिएको हुन्छ।त्यसलाई कार्वाही गर्दा उस्ले गरेको गलति देखिदैन र मात्र उसलाई यति लामू समय सम्म पार्टी संगठनको काम गरेकोलाई पार्टीले कार्वाही गर्नुलाई गलत भयको ठान्छौ।त्यसकारण हामि मध्य कयौं शाथिहरूले त्यो ब्याक्तिको पक्षमा लगातार बाहिर शंघर्ष गर्न थाल्छौ त्यो गलत पक्षहो त्यसैको लागि पनि कतिपयलाई कार्वाही भएको हुनसक्छ।उनिहरू ईमानदार हुँदा हुदैपनि निस्क्रिय हुन पुग्छन।यो भ्रम खास गरेर पार्टीको पत्रिका हाँकले सिर्जना गर्यो जब हाँकलाई गोबिन्द सिहँ थापा जी ले कब्जा गर्न पुग्नुभयो।त्यो पत्रिका कामरेड शरोज शर्मा(शोभाखर धनञ्जय)को सम्झनामा भयको हुनाले उनिसँग हाम्रो आत्मिए सम्बन्ध थियो त्यसैको फाईदा उठाउँन गोबिन्द जी ले गरेको प्रयासले धेरै साथिहरू भ्रमित भएका थिए जो बिस्तारै भ्रममुक्त हुनेछन।तर हामिले यो भन्दा पहिले यस्तो घटना सँग शंघर्ष गर्दै आएको ईतिहाश छ।
भारतमा “मूलप्रवाह”मासिक फत्रिकालाई गिरधारीलाल जानेबेला कब्जा गरे यदि त्यो पत्रिकाको बिरूद्धमा नेपाली एकता न निकालेको भए र मूलप्रवाहलाई किन्ने त्यसैमा लेख पठाउँने गर्न थालेको भए हामि काँहा पुग्नेथिम?सहजै अनुमान लगाउँन सकिन्छ।ठिक त्यहि प्रकारले पार्टीलाई जोगाउँन हांकको बिरूपद्धमा नयाँ युगबोध निकाल्नु पय्रो।
पार्टीले होनहार पुराना कार्यक्रताहरूलाई कार्वाही गर्नैपर्ने बाताबरण उँहाहरू आफैले सिर्जना गर्नु भयको कुरा कसैबाट लुकेकोछैन।नेपालमा अहिले सम्मको ईतिहाशमा मध्यमपन्थि अवसरबाद र दक्षिणपन्थि बिसर्जनवाद संगै उग्रवामपन्थि बिचारको सम्झौताहिन शंघर्ष गर्दै आएको पार्टी नेकपा मसालनै हो भन्नेकुरा थप पुस्टी हुँदैछ।नेकपा मसाल लाई उनिहरूले जुनसुकै पन्थि मनेपनि उनिहरू क्रान्तिकारी भने हुन सक्नेछैनन् यदि सांचै नै नेकपा मसालले दक्षिण पन्थि दिस समातेकोछ भनेपनि त्यो समयले पुष्टी गर्नेछ।
तर अहिले सम्मको ईतिहाशमा हामिले देख्दै र भोग्दै आएको कुरालाई त्यस्तै मिल्दो जुल्दो ब्यबहारलाई राजनीतिक दृष्टीले मूल्यांकन गर्दा उनिहरूको ढिलोचांडो जाने बाटो त्यँहि हो भन्न सकिन्छ।त्यो भन्दा पहिले कतिपय भ्रममा परेका ईमान्दार साथिहरू आफ्नै घरमा फर्किनुभयो भने हामिलाई धेरै खुसि हुनेछ।अहिले छिट्टै कयौँ फुटप्रस्तहरूको पतन कुन क्रान्तिकारी पार्टीमा हुनेछ त्यो सबैको माझमा आउला।
