बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको अधिबेशन केन्द्रीत बैठक पौष ११ गते बस्ने

नेकपा एमाले बाजुराको अधिबेशन केन्द्रीत बैठक पौष ११ गते बस्ने

  • मङ्लबार, पुस ६, २०७८
नेकपा एमाले बाजुराको अधिबेशन केन्द्रीत बैठक पौष ११ गते बस्ने

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको पुणर् पुणर् बैठक ११ गते बस्ने भएको छ । यहि पौष २३ गते देखी हुने भनिएको जिल्ला अधिबेशनको तयारीका लागि जिल्ला कमिटिको पुणर् बैठकका लागि आह्वन गरिएको जिल्ला सचिव भरत बुढाले जानकारी दिएका छन ।
पौष ११ गते पार्टी कार्यालयमा जिल्ला कमिटिको पुणर् बैठकको लागि जिल्ला कमिटिका सबै सदस्यहरुलाई बोलाईएको सचिव बुढाले जानकारी दिएका छन । सम्पुर्ण  जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु सहितको बैठक बोलाएर अधिबेशनको तयारीका लागि छलफल गरिने नेकपा एमाले बाजुराका कार्यालय सचिव काशी बिकले बताएका छन ।
पार्टी केन्द्रीय कमिटीको यहि मिति २०७८ मंसिर २५ र २६ गते बसेको बैठक पश्चात जारी अन्तरपार्टी निर्देशन १ बमोजिम यहि मिति २०७८ पौष २३ गते जिल्ला अधिवेशन आयोजनाको तयारीका लागि बैठकको आयोजना गरिएको कार्यालय सचिव बिकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार