शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • सुत्केरी हुन निसकेकि शारदालाई हवाइजहाज मार्फत नेपालगन्ज लगियाे

सुत्केरी हुन निसकेकि शारदालाई हवाइजहाज मार्फत नेपालगन्ज लगियाे

  • आइतवार, मंसिर २६, २०७८
सुत्केरी हुन निसकेकि शारदालाई हवाइजहाज मार्फत नेपालगन्ज लगियाे

बाजुरा — बाजुरा बुढिनन्दा नगरपालिका ७ समालगाँउ बस्ने २६ बर्षिय शारदा कडारा लाई हवाइजहाज मार्फत नेपालगन्ज लगिएको छ । अत्याधिक रक्तस्राबका कारण जिवनमरणको दोसाधमा रहेकि शारदालाइ प्रमुख जिल्ला अधिकार गाेपाल अधिकारीले समन्वयमा नेपालगन्ज पठाईएकाे छ।
तिन दिन पहिला कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र पुगेकि शारदाकाे अत्याधिक रक्तस्राब भएको स्वास्थ्यकर्मीले वताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि चन्द्रा दानिले भनिन् रक्तस्राब भइरहेको छ, पाठेघरको मुख पनि नखुलेका कारणले उनको अबस्था निकै जोखिम रहेको वताएकि छन् । उनलाई जहाज मार्फत नेपालगन्ज पठाएको बताएकि छन् र
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनलाई सुत्केरी गराउन सम्भब नभएपछि स्वास्थ्य चौकीले अन्यत्र लिन भनेका थिए । तर अन्यन्त्र लिने पैसा नभएपछि अस्पताल बाहिर घाममै शारदा छट्पटाइरहेकि थिइन् । प्रमुख जिल्ला अधिकारीले हवाई भाडाकाे व्यवस्थापन गरेपछि नेपालगन्ज लगिएको हाे ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवाको लागि प्रत्येक बर्ष बजेट बिनियोजन हुने भएपनि सञ्चालनमा नआउदा शारदा जस्तै धेरै महिलाले ज्यान जोखिममा राख्नु परेको छ । अर्को तिर अप्रसेन गरेर बच्चा जन्माउनका लागि नेपालगञ्ज तथा सदरमुकाम मार्तडी जानुपर्ने बाध्यता रहदै आएको छ । शारदाको यो भन्दा पहिला दुइवटा सन्तान रहेका छन् ।
एक साता पहिला मात्र अत्याधिक रक्तस्राबले हिमाली गाउँपालिका ४ तिथिचौरमा बस्ने २१ बर्षिय गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्राबका कारणले मृत्यु भएको थियो । घरमै बच्चा जन्माएकि गंगा बाट बच्चा पनि मृतक जन्मिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले वताएकि छन् । गंगा बिहाना जंगल बाट घाँस काटेर आएकि थिईन् । घरमै पुग्ने बित्तिकै पेट दुख्न शुरु भयो केही समय पछि मरेको बच्चा जन्मेको श्रीमान विने चदाराले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार