बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • सुत्केरी हुन नसकेकि शारदा कडारा अत्याधिक रक्तस्राबले कोल्टिमा छट्पटाउदै

सुत्केरी हुन नसकेकि शारदा कडारा अत्याधिक रक्तस्राबले कोल्टिमा छट्पटाउदै

  • आइतवार, मंसिर २६, २०७८
सुत्केरी हुन नसकेकि शारदा कडारा अत्याधिक रक्तस्राबले कोल्टिमा छट्पटाउदै

प्रकाश सिंह
कोल्टि–बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना महिला सुत्केरी हुन नसकि छट्पटाइरहेकि छन् । बुढिनन्दा नगरपालिका ७ समालगाँउ बस्ने २६ बर्षिय शारदा कडारा अत्याधिक रक्तस्राबका कारण जिवनमरणको दोसाधमा रहेकि छन् ।
तिन दिन पहिला कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरिसकेको र रक्तस्राब भएको स्वास्थ्यकर्मीले वताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि चन्द्रा दानिले भनिन्, पेटमै बच्चा मरिसकेको छ, रक्तस्राब भइरहेको छ, पाठेघरको मुख पनि नखुलेका कारणले उनको अबस्था निकै जोखिम रहेको वताएकि छन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनलाई सुत्केरी गराउन सम्भब नभएपछि स्वास्थ्य चौकीले अन्यत्र लिन भनिसकेका छन् । तर अन्यन्त्र लिने पैसा नभएपछि अस्पताल बाहिर घाममै शारदा छट्पटाइरहेकि छन् । शारदाका श्रीमान चन्दु कडारा श्रीमतिलाई अन्यत्र लिनका लागि पैसाको जोहो गर्न बजार घुमिरहेका छन् ।
शारदा सँग रहेकी बुगली चदाराले भनिन्, रगत धेरै बगिरहेको छ, अन्यन्त्र लिने पैसा नभएर यहि राखेका बताए । कतै पैसा पाईन्छकी भनेर शारदाकी श्रीमानलाइ बजार पठाएका वताईन् । शारदाको पेटमै बच्चा मरेकोले अप्रेसन गरेर बच्चा निकाल्नु पर्ने भएकाले रिफर गरेको अनमि चन्दा दानीले वताएकि छन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवाको लागि प्रत्येक बर्ष बजेट बिनियोजन हुने भएपनि सञ्चालनमा नआउदा शारदा जस्तै धेरै महिलाले ज्यान जोखिममा राख्नु परेको छ । अर्को तिर अप्रसेन गरेर बच्चा जन्माउनका लागि नेपालगञ्ज तथा सदरमुकाम मार्तडी जानुपर्ने बाध्यता रहदै आएको छ । शारदाको यो भन्दा पहिला दुइवटा सन्तान रहेका छन् ।
एक साता पहिला मात्र अत्याधिक रक्तस्राबले हिमाली गाउँपालिका ४ तिथिचौरमा बस्ने २१ बर्षिय गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्राबका कारणले मृत्यु भएको थियो । घरमै बच्चा जन्माएकि गंगा बाट बच्चा पनि मृतक जन्मिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले वताएकि छन् । गंगा बिहाना जंगल बाट घाँस काटेर आएकि थिईन् । घरमै पुग्ने बित्तिकै पेट दुख्न शुरु भयो केही समय पछि मरेको बच्चा जन्मेको श्रीमान विने चदाराले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार