शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा दुर्घटना अपडेड ः कणार्ली नदिमा ट्रक खस्दा दुई जनाको मृत्यु हुनेको सनाखत

बाजुरा दुर्घटना अपडेड ः कणार्ली नदिमा ट्रक खस्दा दुई जनाको मृत्यु हुनेको सनाखत

  • बिहिबार, मंसिर २३, २०७८
बाजुरा दुर्घटना अपडेड ः कणार्ली नदिमा ट्रक खस्दा दुई जनाको मृत्यु हुनेको सनाखत

बाजुरा — बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-६ कापडीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका-३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ। गाडी चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।  मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको ठगुन्नाले बताएका छन ।दुर्घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार