बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • आईएमई लाईफ ईन्स्योरेन्स बाजुरा शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

आईएमई लाईफ ईन्स्योरेन्स बाजुरा शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

  • बुधबार, मंसिर २२, २०७८
आईएमई लाईफ ईन्स्योरेन्स बाजुरा शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

बाजुरा — आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा शाखाले बिमा पोलिसी खरिद गरेको तिन दिन मा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
२०७८/८/ २२ गते बुधबार बाजुरा बडिमालिका नगरपालिका ६ का विमित स्व. धन बहादुर खड्का की श्रीमती सिता खड्का लाई २ लाख ३ हजार १ सय रुपैयाँ प्रदान गरेको हो । आईएमई लाईफ ईन्स्योरेन्स बाजुरा शाखाका शाखा प्रमुख गोपाल राज उपाध्याय ले उक्त रकम प्रदान गरेका हुन् । बाजुरा बडिमालिका नगरपालीका वडा नं. ६ को वडा कार्यालय मा एक कार्यक्रम गरि उक्त रकम हस्तान्तरण गरेको हो । स्व. धन बहादुर खड्का ले २०७७ साल पूस १६ गते आई.एम.ई. लाईफ ईन्स्योरेन्स बाजुरा शाखा मा रू१ लाख रुपैयाँको बिमा गरेका थिए ।रू १ लाख रुपैयाँको बिमा गरेका उनले एक किस्ता ७,६०५/-मात्रै प्रिमियम बुझाएका थिए ।

बीमा जारी भएको तिन दनिमै २०७७ साल पूस १९ गते भिरबाट लडेर कलिलो उमेर मा असामायिक उनको निधन भएको थियो । बिमा रकम बुझेपछि श्रीमती सिता खड्का ले श्रीमानको मृत्युको पीडा भुल्न कम्पनिले दिएको दाबी भूक्तानी रकमले केहि भएपनि सहयोग भएको बताइन् । आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी का बाजुरा शाखा का एजेन्सि म्यानेजर मानसिंह खड्का ले संञ्चालन गरेको कार्यक्रम मा बडिमालिका नगरपालीका वडा नं. ६ की वडा अध्यक्ष श्री कला बडुवाल , लगायत छिमेकी र आफन्त लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनिका बाजुरा शाखा प्रमुख गोपाल राज उपाध्याय ले बिमाका फाइदाको बारेमा आफ्नो भनाई व्यक्त गर्नुभएको थियो । सोही वडा की वडा अध्यक्ष कला बडुवाल ले भुक्तानी लिन सहज भएको र कुनै झन्झट विना वडा कार्ययलयमा आई रकम हस्तान्तरण गरेको मा विमा कम्पनी लगाएत कम्पनिका शाखा प्रमुख ,तथा एजेन्ट सम्पुर्ण कर्मचारी लाई धन्यवाद प्रदान गनुभयो को थियो !

चर्चामा

सम्बन्धित समाचार