शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमाली
  • बाजुरामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु

बाजुरामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु

  • बुधबार, मंसिर २२, २०७८
बाजुरामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु

बाजुरा — बाजुरा जिल्लाकाे हिमाली गाउँपालिकामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । गाडि ब्याक लिने क्रममा पछाडीबाट ठक्कर दिएर डेढ बर्षिया बालककाे मृत्युु भएकाे प्रहरीले जनाएकाे छ । सु प प्र ०१००१ ज ११६४ नम्मरकाे जिपले ठक्कर दिदा हिमाली नगरपालिका वडा न ६ पाणीका बिर्ख राेकायाका छाेरा डेढ बर्षिया अंकित राेकायाकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएकाे छ । चालक सहित गाडि प्रहरीकाे नियन्त्रणमा लिईसकेकाे ईलाका प्रहरी चाैकी काेल्टीले जनाएकाे छ । चालकले गाडी ब्याक गर्ने क्रममा पछाडी बाट ठाेक्किएर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने क्रममा बिच बाटाेमा मृत्यु भएकाे उनका आफन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार