शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • रोएर रात काँट्छन तीन भाइबहिनी, बुवाआमाको मृत्यु पछि बिच्चलीमा ( भिडीयाे सहित )

रोएर रात काँट्छन तीन भाइबहिनी, बुवाआमाको मृत्यु पछि बिच्चलीमा ( भिडीयाे सहित )

  • बुधबार, मंसिर २२, २०७८
रोएर रात काँट्छन तीन भाइबहिनी, बुवाआमाको मृत्यु पछि बिच्चलीमा ( भिडीयाे सहित )

बाजुरा– बाजुराको हिमाली गाउँपालिका ४ अर्थगेचौरमा तिन भाइबहिनी रोएर दिन रात बिताउने गरेका छन् । बुवा र आमाको मृत्यु पछि बिच्चलीमा परेको डोल्मा थापा (भोटे) लगायत तिन भाइबहिनी कर्णाली करिडोरको सडक छेउमै रहेको छाप्रोमा कष्टकर जिवन बिताइरहेका छन् । छेउमै रहेको कर्णाली नदिको सिरौटो सँग उनिहरूकाे दैनिकि बितिरहेकाे छ ।
बुढिनन्दा नगरपालिका ३ नुरि घर भएकी डोल्मा बुवा र आमाको मृत्युपछि तिन भाइबहिनी सहित हिमाली गाउँपालिकाको अर्थगेचौरमा बसाइ सरेका थिए । डोल्माका बुवा लोक थापा भोटेको ९ बर्ष पहिले मृत्यु भएको थियो, भने आमा कलिमा थापा भोटेको २ बर्ष पहिला मृत्यु भएको थियो । बुवा र आमाको आर्थिक अभाबमा उपचार हुन नसक्दा अकालै मृत्यु भएको थियो ।
आमा र बुवा मृत्यु पछि १६ बर्षिय डोल्मा थापा, १३ बर्षिय दोज्रो थापा र १० बर्षिय सम्झना थापा बेसाहारा बनेका हुन् । बुवा त पहिला बितिसक्नु भयो, आमा २ बर्ष पहिले मृत्यु भयो, गाउँमा कोही शाहारा नभएपछि ठुलाबुवा नाता लाग्ने छिरिङ्ग थेवा थापा भएको ठाउँमा आएको वताईन् । गाउँमा केही नपाउने भएपछि सडक छेउमै मागेर भएपनि भाइबहिनी पाल्न सजिलो होला भनेर बसाइ सरेको डोल्माले वताईन् ।
बिचमा बिद्यालय छोडेका तिनै भाइबहिनी अहिले हिमाली गाउँपालिका बाधुमा रहेको बाधु माबिमा पढने गरेका छन् । डोल्मा कक्षा ८ मा, दोज्रो कक्षा ५ र सम्झना कक्षा २ मा पढने गरेका छन् । २ बर्ष सम्म स्कुल डे्रस नपाएका तिनिहरुले १ महिना पहिला पिसवीन नाम गैरसरकारी संस्थाले सहयोग गरेपछि बिद्यालय डे्रस लगाएर बिद्यालय जाने गरेका थिए ।
डोल्माले रुदै भनिन्, बिद्यालय, समाजमा आमाबुवा टोकारी भन्ने गरेका अपहेलना गर्ने गरेका छन् । कुनै दिन खान नपाएर भोकै रात काट्ने गरेका छौ । कुनै रात रोएर दिन काट्ने गरेको डोल्माले वताईन् । आमाको मृत्यु भएपछि तिन भाइबहिनी अलपत्र थियौ, फरक फरक ठाउँमा गएर खाने गरेका थियौ, अहिले एक ठाउँमा कष्टकर रुपमा भएर बसेका डोल्माले वताईन् । आफ्नो भन्दा पनि भाइबहिनीको भबिष्यको लागि संघर्ष गरिरहेको वताईन् । बिदाको दिन भारि बोक्न जाने गरेको छु, चामल नभएको दिनमा बिद्यालय जान छोडेर मजदुरी गर्नतिर जाने गरेको डोल्माले वताईन् ।
कुनै दिन त भोकै बिद्यालय जाने गरेका छौ, कापि कलम किन्ने पैसा हुदैन्, चाडपर्व आउदा सबै राम्रो लुगा लगाउछन्, निको नौलो खाने गरेका छन्, हामीहरु भने रोएर दिन काट्ने गरेको डोल्माले वताईन् । तिनै भाइबहिनी कणर्ाली करिडोर अन्तर्गत तिथिचौरमा रहेको सडक छेउको स्थानियको छाप्रोमा बस्ने गरेका छन् । मासिक ६ सय भाडा तिर्ने गरि बसेका छिरिङ्ग थेवा थापाले वताएका छन् । घरपनि जिणर् र पानि परेको दिनमा चुहिने गरेको छ । कर्णाली नदिको किनारमै रहेकाले चिसोले कठ्याङ्गरिदै रात बिताउने गरेका छन् ।
चामल कसैले सहयोग गरेपछि खाने गरेका छौ, तातो लगाउने लुगा र ओड्ने ओछ्याउने किन्ने पैसा नहुदा चिसोमा कठ्यारिदै दिन बिताउने गरेको दोज्रो थापाले वताए । तिन भाइबिहनीलाई एउटा फाटो कम्बलको साहारामा रात बिताउने गरेको दोज्रोले वताए । डोल्माका ठुलाबुवा नाता लाग्ने छिरिङ्ग थेवा थापाले कहिले काँहि चामल किनेर दिन गरेका छौ, कहिले उनिहरु मागेर पेट पाल्ने गरेका छन् । टिन्न किन्ने पैसा भएको भए आफै अर्को सड्कको छेउमै छाप्रो बनाइदिने थियौ, तिनिहरु बसेको घरको भाडा तिनुपर्ने त्यसमा जिणर् र चुहिने गरेको वताए ।

 

चर्चामा

सम्बन्धित समाचार