शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • अत्याधिक रक्तस्राबले बाजुराको हिमालीमा एकजना सुत्केरीको मृत्यु

अत्याधिक रक्तस्राबले बाजुराको हिमालीमा एकजना सुत्केरीको मृत्यु

धामिझाक्रिको भरपर्दा सुत्केरीको मृत्यु

  • मङ्लबार, मंसिर २१, २०७८
अत्याधिक रक्तस्राबले बाजुराको हिमालीमा एकजना सुत्केरीको मृत्यु

बाजुरा–अत्याधिक रक्तस्राबले बाजुराको हिमाली गाउँपालिकामा एकजना सुत्केरीको मृत्यु भएको छ । हिमाली गाउँपालिका ४ तिथिचौरमा बस्ने २१ बर्षिय गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्राबका कारणले मृत्यु भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् ।
घरमै बच्चा जन्माएकि गंगा बाट बच्चा पनि मृतक जन्मिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले वताएकि छन् । गंगा बिहाना जंगल बाट घाँस काटेर आएकि थिईन् । घरमै पुग्ने बित्तिकै पेट दुख्न शुरु भयो केही समय पछि मरेको बच्चा जन्मेको श्रीमान विने चदाराले वताएका छन् ।
गंगाको पहिलो सन्तान छोरा रहेका छन्, दोस्रो सन्तान जन्माएकि गंगाले छोरा पनि मृतक जन्मिएको हो । गंगा गर्भवती भएको ७ महिनामै मरेको छोरा जन्मिएको स्वास्थ्यकर्मीले वताए । स्वास्थ्य चौकीमा तिन पटक गर्भजाँच गरेको गाउँपालिकाले जनाएको छ । दुर्गम गाउँमा अझै स्वास्थ्य चौकीमा चेकजाँच गर्न नजाने र स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका छन् ।
आफन्तका अनुसार सुत्केरी पनि घरमै गराएको र रक्तस्राब भएपछि स्वास्थ्य चौकी लिनुको साटो धामिझाक्रि कहाँ लगेको वताएका छन् । लगातार रक्तस्राब भएपछि मंगलवार राति उनको मृत्यु भएको स्थानियले वताएका छन् । निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारीका अनुसार समयमै स्वास्थ्य चौकी लगेको भए गंगा बाच्न सक्ने वताए । सुत्केरी मृत्यु भएको घटना बारे बास्तबिकता बुझ्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार