शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सडकको छेउकाे डम्पीङ साइड हटेन, पलाष्टिकको धुवाले क्यान्सर हुने खतरा

सडकको छेउकाे डम्पीङ साइड हटेन, पलाष्टिकको धुवाले क्यान्सर हुने खतरा

  • आइतवार, मंसिर १९, २०७८
सडकको छेउकाे डम्पीङ साइड हटेन, पलाष्टिकको धुवाले क्यान्सर हुने खतरा

बाजुरा — बडिमालिका नगरपालिकाले सडकको छेउकाे खुला ठाँउमा डम्पीङ साइड बनाएको छ । सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहि छेउमै फालेर वाताबरण दुर्गन्धित बनाएको छ ।
साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा पाँच बर्ष देखि फोहोर फालिरहेको छ । गत बर्ष त्यसलाइ ब्यबस्थापन गर्ने वताएको भएपनि अझै हुन सकेको छैन्, खुला ठाउँमै डम्पीङ साइड सञ्चालनमा रहेको छ ।
फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला ब्यबस्थापनको जिम्मा स्थानिय तहलाई रहेको छ । स्थानियको सहमति र वाताबरणमा असर नपर्ने गरी ब्यबस्थापन गर्नु पर्ने ऐनमा उल्लेख रहेको छ । तर नगरपालिकाले भने मानवलाई प्रत्यक्ष असर पार्ने गरि डम्पीङ साइड बनाएको नागरिक अगुवा बसन्त बिश्वकर्माले वताएका छन् ।
डम्पीङ साइड ठाँउमा तल बाहुली नदि रहेको छ । माथि मुलक सडक रहेको छ । मार्तडी बाट फोहोर बोकेर टिफरले सडक बाट तल फाल्ने गरेको छ । पलाष्टिक जन्य पदार्थ पनि त्यहाँ फालेर बाल्ने गरेका छन् । पलाष्टिको धुवाँले क्यान्सर बनाउने सबै भन्दा खतरा रहेको डा. दुर्गाराज महर्जनले वताएका छन् । उनले भने सडकको छेउमै खुला ठाँउमा फोहोर फाल्नु र जलाउनुले स्वास्थ्यमा गम्भिर असर हुने वताए । पलाष्टिकको धुवा समेत उडिरहेको छ, यसले सबै भन्दा ठुलो असर क्यान्सर हुने गरेको महर्जनले वताएका छन् ।
सदरमुकाम मार्तडी र चौराटा गाँउ पनि डम्पीङ साइडको नजिकै रहेकोले धुवाँले मानववस्तिमा समेत असर गर्ने गरेको छ । सडकमा आवतजावत गर्दा त दुर्गन्धित नै छ, तर पलाष्टिको धुवाँले मानवबस्तिमा समेत र वातावरण असर पारिरहेको स्थानियले वताएका छन् । अर्को नजिकै बाहुली खोला भएकाले फोहोर बगेर नदिमा मिसिने गरेको छ । बाहुली हुदै बुढिगंगा नदि सम्म असर पार्ने गरेको छ । यसको चाडै ब्यबस्थापन नभए नदि समेत दुर्गन्धित हुने रहेको छ ।
डम्पीङ साइड बनाउदा वाताबरणीय प्रभाब मुल्याकंन गरेर मात्र बनाउनु परेको छ । तर नगरपालिकाले केही अध्ययन बिनानै डम्पीङ साइड बनाइरहेको स्वीकार गरेको छ । नगरपालिकाका नगरप्रमुख पदम बढुवालले भने ठाँउ नपाएर ब्यबस्थापन गर्न ग्राहो रहेको भएको वताएका छन् । नगरपालिकामा जग्गाका लागि पटक पटक छलफल भइरहेको छ, उपयुक्त ठाँउ नपाँउदा समस्या भएको चाडै ब्यबस्थापन गर्ने प्रमुख बढुवालले वताएका छन् । चाडो भन्दा चाडो ब्यवस्थापन गर्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार