शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश अधिवेशन : देउवा पक्षको बलायर प्यानल जित नजिक, कसको मत कति ?

सुदूरपश्चिम प्रदेश अधिवेशन : देउवा पक्षको बलायर प्यानल जित नजिक, कसको मत कति ?

  • आइतवार, मंसिर १९, २०७८
सुदूरपश्चिम प्रदेश अधिवेशन : देउवा पक्षको बलायर प्यानल जित नजिक, कसको मत कति ?

धनगढी — नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको अग्रता कायमै छ।

सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक पुगेको छ। ७ सय मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २७८ पुगेको मतगणनास्थलबाट पत्रकार प्रकाश बमले जानकारी दिए।

बलायरको ४८१ मत र इतर पक्षका मिश्रको २०३ मत रहेको छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।दिनेश खबरबाट ।

जम्मा खसेको मत : १००३
मतगणना : ७०७
सभापति
बिरबहादुर बलायर -४८१
नारायण दत्त मिश्र -२०३
उपसभापति
गोपाल सिंह गुरुङ -१९८
जनकराज चौधरी -४२८
मानबहादुर रावल -१८८
लोकराज अवस्थी -३७४
हिमबहादुर रावल-८५
महामन्त्री
नरनारायण शाह मनु -४४७
प्रताप गुर्धामी-१५२
मेघराज खड्का -४५३
रामबहादुर शाही -२२८
सहमहामन्त्री
गोपालदत्त भट्ट-३७३
चिन्तामणि भट्ट -३७५
नरेन्द्रप्रसाद भट्ट-१५७
पदमराज पन्त -१७७
लक्ष्मणबहादुर शाही – ११२
हर्कबहादुर स्वार-५५
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने-४८३
खिना भण्डारी -१५९

चर्चामा

सम्बन्धित समाचार