शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रवास
  • मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

  • बिहिबार, मंसिर १६, २०७८
मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं — वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ। मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सुनसरीका सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो।

मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए। उनको शव पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाइएको छ।

चर्चामा

सम्बन्धित समाचार