शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • आठ बर्ष देखि बाजुराकाे रुढिगाउँ चरम खाद्य संकटको मारमा

आठ बर्ष देखि बाजुराकाे रुढिगाउँ चरम खाद्य संकटको मारमा

  • सोमवार, मंसिर १३, २०७८
आठ बर्ष देखि बाजुराकाे रुढिगाउँ चरम खाद्य संकटको मारमा

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ रुढिको गाँउ आठ बर्ष देखि चरम खाद्य संकटको चपेटामा परेको छ । रुढि गाउँमा रहेका रहेका १ सय ५६ परीवार बाह्रै महिनामा चरम खाद्य संकटमा रहेको स्थानिय दिल बहादुर धामिले वताएका छन् ।
लगातारको खडेरी र गाउँमा रहेको रुढि सिचाई कुलो सुख्खा पहिरोले बगाएपछि खेति योग्य जमिन आठ बर्ष देखि बाझै रहेको स्थानिय विर बहादुर कार्कीले वताएका छन् । जग्गा भएपनि न पानि परयो, न सिचाई कुलो नै, पानि आएपनि खेति लगाउने बेला आउदैन अनि ८ बर्ष देखि बाँझो रहेको उनले वताए ।
बाह्रै महिना किनेर खानु पर्ने बाध्यता भएपछि पुरुष जति भारतमा नौकरी गर्न जाने गरेको कार्किले वताए । लोग्ने भारतमा पैशा कमाउछन् अनि कोल्टि बाट चामल किनेर परिवार पाल्ने गरेको विर बहादुरले वताए ।
२ करोड भन्दा बढी लगानिमा सिचाई कुलो निर्माण भएको केही बर्षमै सुख्खा पहिरोले बगाएको थियो । पटक पटक मर्मत गर्न लागेपनि पहिरोका कारण सिचाई कुलो सञ्चालनमा आउन नसकेको स्थानियले वताएका छन् । सिचाई भएपछि रुढि गाँउमा खेतियोग्य जमिनका रुपमा चिनिने गरेको थियो । अहिले यहाँ जग्गा बाझै छ, जग्गा हेरेर चित बुझाउनु भन्दा अरु केही काम नभएको दिल बहादुर धामिले वताएका छन् ।
अबस्था बुझ्न गएका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले रुढि गाउँमा चरम खाद्य संकट भएको वताएका छन् । त्यहाँ बासिन्दामा चरम कुपोषण रहेको वताएका छन् । गाउँमा खाद्य संकट भएपछि धेरै परिवार बसाइसरेर भारत गएको अधिकारीले वताए ।
सदरमुकाम मार्तडी बाट तिन दिन पैदल दुरीमा रहेको यो गाउँमा सरकारको ध्यान जान नसकेको स्थानियको आरोप छ । बच्चाहरुका लागि खानेकुरा पुयाउन सक्दौनौ, आफुहरु त पेटभरी खान पाउदैननौ कुन दिन त खाना नखाएर भोकै बस्नु पर्ने बाध्यता रहेको स्थानिय महिला अर्चना कार्कीले वताएकी छन् । नुनको धुलो सँग खाने गरेका छौ, त्यहि पनि मोटो चामलले छाक टारीरहेका छौ, स्वास्थ्य समेत कमजोर भएको अर्चनाले वताईन् ।
चरम खाद्य संकट सँगै महिलाहरु र बच्चाहरुमा रक्क्तअल्पता र कुपोषित रहेका छन् । हरियो सागपात, गेडागुडी फलफुल केही खान पाउदैनौ, गाउँमा धेरै महिला र बच्चाहरु कुपोषित रहेको स्वयसेविका विना भुलले वताईन् । महिलाहरुले पेटभरी खान पाउदैनन, बच्चा पाउने महिलाहरु समेत कुपोषित रहेको उनले वताईन् । बच्चा पाउने बेला उनिहरुलाई समस्या हुने वताए । माथि बाट सुख्खा पहिरो छ, तल गाँउ छ, गाँउनै जोखिम रहेको छ, अर्कोतिर एकातिर लामो देखी खडेरी छ अन्न लगाउन पाएका छैनन्, पैशा कमाउन पुरुष सबै भारत गएको जानकी तिरुवाले वताएकि छन् । हातखुटा काम्ने चक्रर आउने, कमजोरी पन जस्ता समस्या देखा परेको उनले वताईन् ।
आफुहरु खाद्य असुरक्षित र पहिरोको जोखिममा भएको भन्दै पटक पटक सरकार सँग माग र पहल गरेको भएपनि कसैले वास्ता नगरेको स्थानिय चतुर बमले वताएका छन् । मानव अधिकारको दुष्टिकोण बाट उनिहरुको खाद्य अधिकार हनन भएको खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आएको फियान नेपालका कार्यक्रम निर्देशक अशोक सिहले वताएका छन् । सामान्य खान समेत नपाउने, पोषण त उनिहरुका लागि धेरै टाढाको अबस्था हो उनले बताए । राज्यले संबिधानमा मौलिक हकको ब्यबस्था गरेको भएपनि उनिहरु खाद्य अधिकार बाट बञ्चित रहेको सिंहले वताएका छन् ।
रुढि गाँउ माथि बाट सुख्खा पहिरो बगिरहेको छ । २०६९ सालमा सुख्खा पहिरोले ३ जनाको मृत्यु भएको थियो भने १० परिवार पुणर् रुपमा बिस्थापित भएका थिए । २०७२ सालमा कार्तिकमा पनि सुख्खा पहिराले २३ परिवार बिस्थापित भएका जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । पहिरो बाट खेतियोग्य जमिनमा समेत क्षति पुयाएको छ ।

चर्चामा

सम्बन्धित समाचार