शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा फरार ३ बालिकाको कालिकोट बाट उद्धार

बाजुरामा फरार ३ बालिकाको कालिकोट बाट उद्धार

  • शुक्रबार, मंसिर १०, २०७८
बाजुरामा फरार ३ बालिकाको कालिकोट बाट उद्धार

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका की फरार भएकी ३ बालिकालाई कणर्ाली प्रदेशको कालिकोटबाट उद्धार गरेको छ । मंसिर ९ गते फरार भएकी ३ बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराको समन्यमा कालिकोटबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जगन्नाथ गाउँपालिका वडा नं. ५ लाया बस्ने बर्ष १५ की बालिका,४ पाल्ता बस्ने बर्ष १३ की बालिका र २ मल्लोहुनी बस्ने बर्ष अन्दाजी १४ की किशोरी घरबाट कोही कसैलाई जानकारी नगराई आफुखुसी भागी फरार भएकी भनेर आफन्तहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले कालिकोटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बालिकाका आफन्तले टेलिफोन मार्फत यस कार्यालयमा जानकारी गराउना साथ निजहरूको खोजतलाश गर्दै जाँदा बालिकाहरूलाई आज कालिकोटको शान्नी त्रिवेणी गाउँपालिका वडा नं. ३ मानिबजार स्थित फेला पारी प्रहरी चौकी जुड्डीमा ल्याई बालिकाहरूलाई आफन्तको जिम्मा बुझाईएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार