मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरामा मदिरा सेवन गरि गाडी चलाउने १ चालक पक्राउ

बाजुरामा मदिरा सेवन गरि गाडी चलाउने १ चालक पक्राउ

  • शुक्रबार, मंसिर १०, २०७८
बाजुरामा मदिरा सेवन गरि गाडी चलाउने १ चालक पक्राउ

बाजुरा — जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरेर गाडी चलाएको भन्दै एक जना चालकलाई पक्राउ गरेको छ ।
विहिबार काठमाण्डौंबाट बाजुरा आइरहेको ना ७ ख २३०९ नम्बरको बसका चालक धनराज रोकायाले मदिरा सेवन गरेर बस चलाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट रिठाबजारमा चेकजाँचको क्रममा चालक रोकायाले मदिरा सेवन गरी प्रहरीलाई गाली गलौच गर्नका साथै अश्लिल शव्द प्रयोग गरेपछि उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुुसार मापसे सेवन गरेर गाडी चलाउने बसचालक रोकायालाई अभद्र व्यवहार गर्न नहुने कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराकाे हिरासतमा राखिएका छन ।

चर्चामा

सम्बन्धित समाचार