शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा दैनिक थप नौ हजार नयाँ सङ्क्रमित

भारतमा दैनिक थप नौ हजार नयाँ सङ्क्रमित

  • बुधबार, मंसिर ८, २०७८
भारतमा दैनिक थप नौ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या ५३७ दिन पछिकै सवैभन्दा कम भएको मन्त्रालयको भनाई छ ।

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ । सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कम हुँदै गएको हो ।–एएनआई

चर्चामा

सम्बन्धित समाचार