गजल!

  • बुधबार, मंसिर ८, २०७८
गजल!

दुश्मनहरू लाई ल्यायर देश भित्र पाले पछि के हुनथ्यो,
रोजगारको बहानामा देशभक्त निकाले पछि के हुनथ्यो।

गर्छन सधै असमान सन्धि सम्झौता सरकारमा गएपछि,
आफ्नै देशको श्री सम्पत्तिलाई पखाले पछि के हुनथ्यो।

हो जोगाउँन पठाएका थियौँ नेता यो देशको गरिमालाई,
आफ्नै सन्तानहरुले गरिमालाईनै फाले पछि के हुनथ्यो।

उखानछ हरियो बन नेपालको धन भन्नलाई सधै भन्छौँ,
फडानि गय्रो रूख बिरूवा नै सबै ढाले पछि के हुनेथ्यो।

नेताले जे जे भने जनताले मानेकैहुँन सधैभरी देशभित्र,
बिदेशिको ईसारामा देशनै फाल्न थाले पछि के हुनेथ्यो।

देशभक्तको कमि थिएन र अंझै पनि छैन हाम्रो देश मा,
समय समयमा सरकारले नै हिम्त गाले पछि के हुनथ्यो।

राष्ट्रीयता जनतन्त्र र जन जीवीकाको लागि लडेका हौँ,
तर देशको बागडोर दलाल ले सम्हाले पछि के हुनथ्यो।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार