शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • लव परेपछि!लघुकथा!

लव परेपछि!लघुकथा!

  • मङ्लबार, मंसिर ७, २०७८
लव परेपछि!लघुकथा!

सुरेशकुमार पान्डे — हिंजो आज स्याननानिमा अलि फुर्ति आएको थियो।केहि बर्ष पहिले बिवहा भयको।
सामन्य गरिब परिवारमा,गुजाराको लागि गोलुलाई परदेश नगई नहुने।जसरी तसरि परार साल कतारको लागि तिन बर्षको गोलुले ऊंटको ग्वाला गर्ने काम पाएका रैछन।राम्रो पढे लेखेको भय पनि आफ्नो देशमा रोजगार नभयपछि गोलु परदेश गयो।परदेशमा जस्तो काम भेटाएपनि नगरिनहुने।उनिहरू दुबैको एउटी शुन्दर छोरी पनि थिई।गोलुले उस्लाई छे मैना जतिकै छाडेर मुटुमा ढुङ्गा राखेर परदेश जानुपरेको थियो।भर्खर खेलाउँने जस्ति भयकि नानिलाई चत्रक्कै छाडेर जाँदाको मर्म असहनिय हुन्छ।घरबाट निस्किंदा भावुक देखिन्थ्यो।
छोरीलाई छोड्ने त कत्ति मन थिएन तर उसैको भबिस्यको लागि भयपनि परदेश जानै पय्रो।गयपछि उसले घरसम्झेर कामगय्रो।
पैसा पनि समय समयमा पठाएकै थियो पोर साल लकडाउँन का कारण केहि मैना उस्लाई पनि समस्य परेछ सो त्यो बेला भने पैसा पठाउँन सकिन।घरमा कहिले कसो कुरा गर्न हुन्छ भनेर एउटा राम्रो खालको मोवेल किनेर श्रीमतिलाई दिएको थियो बिदेश जानुभन्दा पहिले।त्यो मोवेल दिंदा कति खुसि भयकि थिई स्याननानि।स्यानानि सँग गोलुको प्रेम बिवहा भयको हो।गोलुले धेरै आफ्नो प्राण भन्दा बढि मायाँ गर्थ्यो स्याननानि पनि देख्नमा शुन्दर थिईन।उनि हांस्दा खेरी जस्ता तस्ता घायलनै हुन्थे।शुन्दर बण गोरो रङ्ग अति मिलन सार स्वभाब त्यसैले गोलोलाई देख्दा बित्तिकै प्रेम बसेको थियो।बिहे गर्दा बित्तिकै घरमा खटपट भयपछि उनिहरू अलग बस्थे।गोलुको बाबा थिएनन् आमाले त भनेकै थिईन बिवहा गर्ने भन्दा पनि पहिलि देख्नमा राम्रो भयर मात्र हुँदैन बाबु बानि ब्यहोरा पनि राम्रो हुनुपर्छ।तर गोलुले आमाको एक सुनेन किनकि उस्को दिमाखमा प्रेमको खुमार छाएको थियो।खै स्याननानिले मोहनि लगाईछे कि मेरा त कुरै शुन्दन।बिहेगरेपछि आफै थाहा पाउला मैले के भनु।नभन्दै बिहे हुँदा केहि मैना पछि गोलु छुट्टियो।भर्खर दुईटा कोठाको घर बनाएको त्यो पनि बारीलाई बैंकमा धरौटी राखेर।गोलुले अंझै रिन तिरि सकेको थिएन।अब घर फर्किदा सम्म चुक्ता गर्छु भन्ने बिस्वास थियो।
तर किन हो कुन्नि पोर साल देखि स्याननानिको स्वभाव गोलुलाई पनि अलि आर्कै आर्कै लाग्न थालेको महेशुर्ष हुन्थ्यो।लाक डाउन लागेपछि खासै गोलु सँग कुरा हुँदैनथ्यो।मात्र केहि घरेलु कुरा र छोरीको बारेमा कुरा हुन्थे।औपचारिकता पुरागरे झैं लाग्थ्यो।के था साररिक समस्यपनि हुन सक्छ भन्दै गोलुले चिन्ता गरि राख्थ्यो।अब एक बर्ष पछि फर्किने निश्चितनै थियो।
यता फेस बुकमा स्याननानिको कुनै रंगिला सँग कुरै कुरामा लव परेको रैछ।रातभरी उसै सँग च्याट गर्ने ब्यबहारले गोलुलाई सङ्का त परेको थियो।तर आफु जस्तै उसले पनि मायाँ गर्छे भनठानेर यि कुराहरू मा हेलचाक्रि गर्थ्यो।गोलुले कहिलै पनि स्याननानिको मन दुखाउँन खोज्दैनथ्यो।
कहिले कसो ठट्टा गर्दै “हिंजो आज त कतै लव परेको जस्तो लाग्छ नि”भनेर आफ्नो संका जनाउँथ्यो!गोलुले फेरि उत्रि खेरै नराम्रो नमान्नु ठट्टा गरेको मैले!भनेर हाहा गर्थ्यो।कहिले कुरा सुन्दा बित्तिकै फोन काट्दिन्थि र फेरि गर्नु पर्थ्यो।यस्तै गर्दा गर्दै हांसो ठट्टा जस्तै जस्तै गर्दा
केहि मैना बिते त्यसपछि अचानक “घरबाट स्यानानि हराई”भन्ने खबरले उस्लाई ज्युँदै लाश जस्तै बनायो।काखकी छोरीलाई लिएर बैंकमा तिरे भनेर पठाएको पांच लाख रुपिया लिएर रंगिला सँग भागि भन्ने खबर सुनेपछि उस्को जीन्दगिमा ठुलो ब्रजपात पय्रो।
आखिरमा आफ्नो जीवन साथि समेतले त्यो पनि प्राण भन्दा बढि प्रेम गर्थ्यो।उसैले एति ठुलो घात गरेपछि के गर्ने।अब स्याननानि गयपनि त आफ्नो छोरीको खोजि गर्नु पय्रो।भनेर गोलु बिचैमा आयो तर स्यानानिहरू भारत तर्फ लागेको जानकारी भयो।बुझ्दै जाँदा रंगिलाले उस्को छोरी कुनै बच्चा जायजन्म नभयको दम्पतिलाई बेचेको अनि स्याननानिलाई पनि कतै बिक्रि गरेर आफु फरार भयको पत्ता लागायो।
छोरीलाई किनेका दम्पत्तिले घटना थाहा पाएपछि गोलुलाई फोन गरेर आफु सँग छोरी शुरक्षित भयको बताए।गोलु तुरून्त गएर आफ्नो छोरीलाई भेट्यो।उनिहरूले उस्लाई गरेको मयाँ देखेर र आफ्नो अनिश्चित भबिस्य तर्फ ध्यान गरेपछि धेरै सोंचेर छोरीलाई उनै दम्पत्तिलाई छाडिदियो र आफु त्यँहा बाट स्याननानिलाई खोज्न हिंड्यो।अंझै पनि उस्ले स्याननानि लाई निर्दोशनै ठान्थ्यो।त्यो कुनै शडयन्त्रको सिकार भयको बुझेर उसैको तलासमा निक्ल्यो।
तर स्यानानि भने दिल्लि जिबि रोडको एउटा कोठामा देह ब्यापारमा लगाएको जानकारी प्राप्त भयपछि त झनै उस्लाई जसरी तसरी निकाल्न प्रयास गर्ने भन्दै फर्किय़ो।तर त्यो सफल हुन सकेन।गोलु आफ्नो छोरीलाई भेट्न कहिले कसो जाने गर्थ्यो।त्यो दम्पत्तिले छोरिलाई धेरै राम्रो गराएर राखेका थिए।केहि बर्ष पछि भेट्न जाँदा उस्ले चिनिन कसरि चिन्थि बिचारी।दैलो खोलेर भित्र दौड्दै
आमा भाईर कुनै अङ्कल आउँनु भयकोछ!
भन्दै भित्र पसि!गोलुको आंखा रसाए उ भाबुक भयो।अनि भाईरै बाट अदिश्य भयो।
अब उस्को एउटा मात्र मक्सद स्याननानि लाई ब्यस्यालय बाट मुक्त गर्ने थियो।तर त्यसका लागि ठुलो शंघर्ष गर्नु पर्थ्यो।थोरै स्यानानिको गलतिले आफ्नो मात्रै होईन।गोलुको समेत जीन्दगि बर्वात भयो।तर त्यो रङ्गिला भन्ने को लावारिश लास भनेर एउटा स्टेसनको भित्तामा टांसेको देख्यो।तर स्याननानिलाई भेट्ने भने अहिले सम्म सकिन।
यसरि थोरै गलतिले यिनिहरूको भबिश्य नारकिए बन्यो।

चर्चामा

सम्बन्धित समाचार