सपना देखेँकै थिँए छेक्यो जिन्दगीले
पूरा नहुने कहानी लेख्यो जिन्दगीले,
कष्ट त मेरो तक्दिरमैँ ल्याएछु महोदय
झमेलाको लिपिमैँ टेक्यो जिन्दगीले,
पूरा नहुने कहानी लेख्यो जिन्दगीले
समुन्द्र झैँ ईच्छाहरू बेकार हुदै गए
निपुण रही आशाहरू सिकार हुदै गए
कुन शब्दमा बयान गरू जिन्दगीलाई
जागृत सबै भावना धिक्कार हुँदै गय
समुन्द्र झैँ ईच्छाहरू बेकार हुदै गए
सफा नैँ नहुने खोट भयो जिन्दगी
दबाई नैँ नपाउने चोट भयो जिन्दगी
लेखेका कथामा हाँसिरहेछ दुनियाँ
बिल्ग्रेट्स को त्यो नोट भयो जिन्दगी
दबाई नैँ नपाउने चोट भयो जिन्दगी
अल्पहारी,गृह त्यागी त्यो त भएकै छु
स्वाम निन्द्रा,बकु ध्यान सधैं गएकै छु
आमाको काख पनि टाढा भयो आज
कष्ट रूपी कुरा हरू त्यिँ नि सहेकै छु
अल्पहारी,गृह त्यागी त्यो त भएकै छु
धर्मेन्द्र रोकाया
बाजुरा ब.न.पा ७ हाला बनेपा काभ्रेपलान्चोक