बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • त्रिबेणी बचत तथा ऋण सहकारीको अधिबेशन ९ दिन पछि टुङ्गीयो अध्यक्षमा पुन: रावल आए

त्रिबेणी बचत तथा ऋण सहकारीको अधिबेशन ९ दिन पछि टुङ्गीयो अध्यक्षमा पुन: रावल आए

  • आइतवार, मंसिर ५, २०७८
त्रिबेणी बचत तथा ऋण सहकारीको अधिबेशन ९ दिन पछि टुङ्गीयो अध्यक्षमा पुन: रावल आए

बाजुरा — त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औँ अधिबेशन ९ दिन पछि टुङ्गीएको छ । त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा निर्बतमान अध्यक्ष अशोक रावल नै पुन : अध्यक्षमा सर्बसम्बत अध्यक्ष भएका छन । कार्तिक २६ गतेबाट सूरु भएको अधिबेशनको टुङ्गो ९ दिन पछि लागेको छ ।
त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदका लागि सात जनाले उम्मेदवारी दिएको २० औं साधारण सभा तथा ७ औं अधिवेशन निर्वाचन समितिले शनिबार समितिको टुङ्गो लगाएको ब्यबस्थापक दयाराम पण्डितले बताएका छन । सहकारीको अध्यक्ष पदका लागि अशोक रावल,उमा रोकाया,जनक थापा,बलबहादुर रोकाया,कणर्बहादुर महत,अंगे रावल र बीरबहादुर रावलले उम्मेदवारी दिएका थिए ।

       जसमा अध्यक्षमा सहमतीको आधारमा अशोक रावल उपाअध्यक्षमा शुशिला थापा सचिव शेर बहादुर रावल र कोषाअध्यक्षमा रोशन श्रेष्ठ लगायत ९ सदस्यीय कमिटिको ९ दिन पछि टुङ्गो लागेको निर्बाचन अधिकृत बिर बहादुर बिष्टले जानकारी दिएका छन । उनका अनुसार समितिको सबै पदमा सर्बसम्बत भएर टुङगीएको भए पनि यो समाचार तयार पारुन्जेल घोषणा हुन बाकी रहेको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार