देशको होईन देश द्रोहिको बिकास भएकोछ,
एम सीसी नै पास गर्ने सल्ला खास भएकोछ।
भ्रष्टचारिलाई सम्मान देशभक्त लाई जेल हुँदा,
बुझ्नैपर्छ अब न्यायकानून वाईपास भएकोछ।
हेरौं त जनताको ठुलो बिरोधकै बाबजुद फेरी,
नेतालाई एम सीसी पास गर्न हतास भएकोछ।
हाम्रो देशको ईतिहाश पनि त छैन त्यति राम्रो,
अध्यायन गर्दा सधै निर्दोशको लाश भएकोछ।
निर्णयगर्दा होचुवा चालमा गर्छन लाछिहरू ले,
त्यसैले लागु गर्न सधै गलाको फाश भएकोछ।
नेताहरूकै ऐयासिमा त देशको सर्वनाश भयो,
नागरिकहरुको अगाडि दुःखको रास भएकोछ।
राष्ट्रीयता जनतन्त्रको लागि बलिदान दिनेहरू,
हाम्रै देशभित्र सदियौँ देखुन उपहाश भएकोछ।
सुरेशकुमार पान्डे।