• होमपेज
  • कला /साहित्य
  • जस बहादुर रावलका १२ मुक्तक

जस बहादुर रावलका १२ मुक्तक

  • शनिबार, मंसिर ४, २०७८
जस बहादुर रावलका १२ मुक्तक

१.मुक्तक,

काँ हाल्नु सिन्दुर पनि शिर नभयापछि
नदी,छाल कसरी हान्छ तिर नभयापछि।
तिम्राे मेराे प्रेम सम्बन्ध के भाे?अायाे गयाे,
क्यै थाहा महिना मङ्सिर नभयापछि।।

२.मुक्तक,
हेर मेरि मनकी रानी तिमी सँगै भैदिए !
दु’ख पीडा क्यै नमानी,तिमी सँगै भेदिए !
झुपडीमा नै किन नहाेस् बस्थाैँ हाेला,
हाँसी ,खुसी, रमाएर तिमी सँगै भैदिए !

३.मुक्तक,
तिम्राे गन्ध पनि मलाई सुगन्ध जस्तै लाग्छ।
तिमी नबाेल्दा मेरा कान बन्ध जस्तै लाग्छ
हेर मेरी मायालु तिमी रिसाए पनि जे गरे,
पनि मलाई हाम्राे प्रेम सम्बन्ध जस्तै लाग्छ ।।

४.मुक्तक,
हिउँदमा हिमाल राम्रो बसन्तमा पाखा
राम्री तिमी साह्रै राम्री अझै राम्रा अाँखा ।
छन त तिमी साँच्चै सुन्दर छाै,त्यसैमा,
अति मिठाे बाेली काेकिल कण्ठ भाका।।

५.मुक्तक,
कति छ मनमा जलन थाहा नहाेस्!
आफ्नाहरुलाई त झन थाहा नहाेस्!
अश्रु झरोस बरु पीडा पखालियोस,
तर कहिल्यै पनि दुस्मन थाहा नहाेस्!!

६.मुक्तक,
साँच्चै मनमा ढुक्ढुकी बढेको पत्तै भएन।
के भाे मलाई यो मुटु दुखेको पत्तै भएन।
जहाँ जाँदा जे गर्दा तिमीलाई नै सम्झिँदा,
सम्झिँदै याे दुनियाॅ भुलेको पत्तै भएन।

७.मुक्तक,
सुन्दर रहेछ तिम्राे मुहार म दुखीलेे चिन्न सकिन
अमुल्य रहेछ तिम्रो प्रेम म गरिबले किन्न सकिन
छनत:थाहा थियाे हजुर ठुलाे जातकाे हाे भनेर,
तरपनि म जस्तो पागल प्रेमीले छिन्न सकिन।।

८.मुक्तक,
तिमीलाई पाउने सपनाहरु सिसा झैं- टुक्रीदा
मनमा उदेक लागेर आउँछ तिमीलाई सझिदा !
जाँदा हाँसी हाँसी जाउ ल है ! जाउ भनिदिएँ,
दुख्न त दुख्यो आफ्नै मुटु कसैले चुँडी लिदा !

९.मुक्तक,
मलाई त्यो प्रेमी मन देऊ न है !सानी।
प्रेम गर्ने प्रेयसी बन्देउः न है !सानी।
कस्तो सुनिन्छ होला आहा!सुन्न उत्सुक छु म,
‘मलाई माया गर्छु’ भन्देऊ न है! सानी ।।

१०.मुक्तक,
हामीमाथि आयो उतार चढाब ,बेलाबेलामा।
भयाे झगडा र गरियो धेरै मिलाप बेलाबेलामा।
लागेपछि साउन भदौकाे बर्खे भेल,देखाउदो, रहेछ नदीले पनि अाफ्नाे रवाफ बेलाबेलामा।।

११.मुक्तक,
तिमीलाईनै आफ्नो ठाने अरु पनि थिए
तिमी भन्दा नि हुने खाने अरु पनि थिए
तिमी बाहेक अन्त मन जादै जान्न र पो
छनालाई त धरै चाहाने अरु पनि थिए।

१२.मुक्तक,
असल भनौँ या खराब उस्तै हो!
जब जब बढ्छ तनाब उस्तै हो!
छिन्मै बद्लिने बुझ्नै नसकिने,
मन र मौसमको स्वभाव उस्तै हो।।

चर्चामा

सम्बन्धित समाचार