शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • विपन्न ५१ जना वालवालिकालाई झोला वितरण

विपन्न ५१ जना वालवालिकालाई झोला वितरण

  • शनिबार, मंसिर ४, २०७८
विपन्न ५१ जना वालवालिकालाई झोला वितरण

बाजुरा–बुढिगंगा नगरपालिका ९ जुवापानिमा रहेको दुधिर आधरभुक्त बिद्यालयमा रहेका ५१ जना बिद्यार्थीलाई स्कुल झोला सहयोग गरिएको छ । नेपाल राईजिंगको आर्थिक सहयोग र बडिमालिका मिडिया हाउसको समन्वयमा विपन्न बिद्यार्थीलाई झोला बितरण गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिन बहादुर सिंहले वताएका छन् ।
बिद्यालयमा रहेका कक्षा २ का १८ जना, कक्षा ३ का १९ जना र कक्षा ४ का १४ गरि ५१ जना बिद्यार्थीलाई सहयोग गरिएको बिद्यालयका प्रअ बिक्रम बहादुर सिंहले वताएका छन् । झोला किताब कापि राख्न मिल्ने मात्र नभइ सानो टेबुल बनाएर पठनपाठन गर्न सकिने रहेको प्रअ सिंहले वताएका छन् ।
नेपाल राईजिंगका उपाअध्यक्ष राजेश श्रेष्ठले भने नेपालमा यो झोला बिद्यार्थीका लागि नयाँ डिजाइरहेको वताएका छन् । दुर्गमलाई लक्षित गरेर यस्तो डिजाइन गरेर बितरण गरीएको उनले वताए । जहाँ टेबुल बेञ्च अभाब भएको ठाउँ र बिपन्न बिद्यार्थीलाई लक्षित गरेर बनाइएको श्रेष्ठले वताए । यो भन्दा पहिला मुगुका बिद्यालयमा समेत सहयोग गरेको उनले वताएका छन् । काठमाडौमा झोला तयार गरेर संस्थाले बाजुरा पठाएको राजेशले वताए । अभिभाबक अम्मर नेपाललीले भने झोला किन्न सक्ने आर्थिक थिएन्, संस्थाले झोला दिदा ठुलो सहयोग भएको वताए । घरमा टेबुल जस्तो बनाएर पढन र लेख्न निकै सजिलो भएको नेपालीले वताए ।
बिद्यालयमा बस्ने बेञ्च र टेबुलका अभाब रहेको थियो, सानो टेबुल बनाउन समेत मिल्न भएपछि यसले ठुलो सहयोग भएको शिक्षक मन बहादुर रावतले वताएका छन् । बिद्यालयमा २ सय ६ जना बिद्यार्थी अध्यनरत भएपनि अहिले ५१ जनालाई मात्र बितरण गरिएको रावतले वताए । कक्षा १ देखी ८ कक्षा सम्म पढाइहुने गरेको बिद्यालयमा भौतिक पुर्वाधार अभाबमा पठनपाठनमा निकै समस्या रहेको बिद्यालयले जनाएको छ ।
नेपाल राईजिंगले नेपालका बिभिन्न ठाँउमा रहेका शैक्षिक संस्था लगायत पछाडी परेको वर्गमा सहयोग गर्दै आएको छ । राजेश श्रेष्ठ अमेरिकामा बस्दै आएका छन् । अमेरिका बस्दै आएपनि नेपालमा समाजिक क्षेत्रमा काम गर्दै आएको छन् । कोरोनाको माहामारीका बेला पनि नेपालका दुर्गम क्षेत्रमा खाद्यन्न, स्वास्थ्य सामाग्रि सहयोग गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार