बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • यौनसम्बन्ध राख्न चाहाँदैनन् यी देशका मानिसहरु, यस्तो छ कारण

यौनसम्बन्ध राख्न चाहाँदैनन् यी देशका मानिसहरु, यस्तो छ कारण

  • शनिबार, मंसिर ४, २०७८
यौनसम्बन्ध राख्न चाहाँदैनन् यी देशका मानिसहरु, यस्तो छ कारण

अमेरिकाका धेरै व्यक्तिहरुमा यौन चाहाना घट्दै गएको एक अध्ययनले देखाएको छ । रिपोर्टका अनुसार यहाँ मानिसहरुमा यौन चाहाना हराउँदै गएको छ । लगभग ३० प्रतिशत व्यक्तिहरुले सर्भेका क्रममा कम्तीमा पनि एक वर्षदेखि यौनसम्बन्ध नराखेको बताए । अनुसन्धानकर्ताका क्रममा नेशनल सर्भे अफ फेमिली ग्रोथको सन् २०११ र २०१९ को डाटाहरु तुलना गर्दा अमेरिकी युवाहरुमा यौन चाहाना कमी हुँदै गएको पाइएको हो ।

डाटाका अनुसार अमेकिरी युवाहरुले कम मात्रा यौनसम्बन्ध गरिरहेका खुलेको छ । आफ्नो पार्टनर हुँदाहुँदै पनि शारीरिक सम्बन्धप्रति इच्छा नदेखाएको पत्ता लागेको छ । सर्भेमा सहभागी केही महिलाहरुले केही वर्षसम्म नै यौनसम्बन्ध नराखेको खुलेको छ । रिपोर्टका अनुसार पार्टनरसँग बस्ने वा विवाहित मानिसहरुभन्दा एक्लै रहनेहरुको संख्या धेरै पाइएको छ । सर्भेका अनुसार ५ प्रतिशत विवाहितहरुमध्ये कतिले एक वर्षसम्म पनि यौनसम्बन्ध नराखेको खुलेको छ ।

किन यस्तो हुन्छ ?
अमेरिकी समाजशास्त्री तथा मनोवैज्ञानिकहरुले युवाहरुमा यौन चाहानामा कमि आउनुको कारण पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेका छन् । स्कट साउथ र लेई लेईले आफ्नो अनुसन्धानबाट केही तथ्यहरु पत्ता लगाएका छन् । उनीहरुका अनुसार लामो समयसम्म सम्बन्धमा नरहनु, विवाह र सामाजिक रितीरिवाज, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अत्यधिक मदिरा सेवन, भिडियो गेमको लत, पोनोग्राफी जस्ता कुराले यौनजीवन बर्बाद बनाउँछ । विशेषज्ञका अनुसार कोरोनाका कारण आइसोलेसनमा बस्नुपर्ने भएकाले पनि विनायौनसम्बन्ध रहने बानी परेको हो ।राताेपाटीकाे सहयाेगमा।

चर्चामा

सम्बन्धित समाचार