शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रहरी र पत्रकार बीच परिचयात्मक कार्यक्रम

प्रहरी र पत्रकार बीच परिचयात्मक कार्यक्रम

  • शुक्रबार, मंसिर ३, २०७८
प्रहरी र पत्रकार बीच परिचयात्मक कार्यक्रम

बाजुरा — बाजुरामा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक (डिएसपी) चर्तुभुज ओझाले शुक्रबार पत्रकारसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । बाजुरामा काम गरिरहेका पत्रकारसँग डिएसपी ओझाले जिल्ला प्रहरी कार्यालय बाजुरामा परिचयात्मक कार्यक्रम गरेका हुन् ।

उहाँले पत्रकारसँग बाजुरामा देखिएका मुख्य समस्या र चुनौतीका बिषयमा जानकारी लिएका छन् । उपस्थित पत्रकारहरुले बाजुरामा बढिरहेको लागु औषध कारोबार, बाल विवाह, सडक दुर्घटनाका र चारी सिकारीका बिषयमा प्रभावकारी रुपमा काम गर्न सुझाएका थिए । साथै पत्रकारलाई प्रहरीले सुचना दिने कुरामा झन्झट दिने गरेको भन्दै बाजुराको घटनाको सुचना बाहिरबाट नभई जिल्ला प्ररहरी कार्रयालय बाजुराबाट लिन पाईने व्यवस्था मिलाउन समेत पत्रकारले डिएसपी ओझालाई जानकारी दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार