• होमपेज
  • विचार/ब्लग
  • अहिलेको जनगणना कसरि पुराहोला?

अहिलेको जनगणना कसरि पुराहोला?

  • बिहिबार, मंसिर २, २०७८
अहिलेको जनगणना कसरि पुराहोला?

सुरेशकुमार पान्डे — सरकारले हिंजो आज “मेरो जनगणनाः मेरो सहभागिताः”भन्ने मूलनिराका साथ कार्तिक२५देगि मंसिर९सम्म जनगणना सुरूगरकोछ भन्ने सुनिन्छ।आखिर जनगणना कसरिपुरा गर्ला?यो प्रश्न मेरो मष्तिकमा आउँने जाने गर्छ।म अहिले पनि बिदेशमाछुँ म मात्रै होईन बरू देशका मजस्ता लगभग एककरोड जनता बिदेशका बिभिन्न मुलुकमाछन।देशमा बसेका सँग पुरै दश अंग्गुलाको लेप्चे लगाएर जनगणना गरिंदैछ तर परदेशीहरूको कसरी जनगणना गर्ने?यहि मेरो दिमाखले काम गरेकोछैन।आफुले नबुझेको बिषय बस्तुलाई बुझ्नु नागरिकको अधिकारहो त्यहि अधिकारलाई प्रयोग गरेर मैले सरकारलाई जनगणना कसरि गर्न थालेको भनेर बुझ्न खोजेको मात्रै हो।
मैले कुन धर्म मान्छु?के जात मान्छु ?के यो सबैथोक सरकारले निर्धारित गर्ने हो कि?केहो।वास्तबमा नेपाल मूलको पर्वाशि नेपालीहो मेरो बिचारमा मैले धर्म निरपक्षियतालाई राजनीतिक एजेन्डामा समर्थन गर्छु।तर मेरो कुनै धर्मछ भने मानवताको धर्म त्यसपछि राष्ट्रीयताको धर्मनैछ।
हामिले हिन्दु धर्मनै किन मान्नुपर्छ हामि आखिरमा नेपाली सन्तानहौं।के सांचै हाम्रो देश हिन्दु राष्ट्रहो त?यँहा बसेका तमाम नेपालीहरूले हिन्दु धर्मलाई मान्छन कि मान्दैनन?
हिंन्दुस्तानमा बस्नेले हिन्दु धर्म मान्दा त कुनै आपत्ति हुँदैन तर हाम्रो देश त नेफाल हो।यँहाको छुट्टै धर्महोला?नभय धर्मनिरपक्षित राष्ट्होला।
के परदेशमा बसेका नेपालीहरूको गैयर हाजिरिमा नै यो नागरिक संख्या “जनगणना”पूर्णतः सम्पन्न होला?अहिले सरकारलाई कुन देशमा कति नागरिकहरू परिश्रमगर्न पुगेकाछन भन्ने कुराको प्रष्ट जानकारिछ होला?हामि भारतमा बसेकालाई त सरकारले बिदेशिनै मानेकोछैन।सबैभन्दा बढि जनता भारतमैछन।भारतमा बसेका नेपाली श्रमजीवीहरूले आफु बसेको देशबाट मतदान गर्नपाउँने माग गर्दै आएकाछन।सर्वोच्च समेतले बिदेशमा बसने नेपालीहरूलाई आफु बसेको ठाउँ बाट मतदानको ब्यबस्था गर्न सरकारलाई आदेश पनि दिईसकेकोछ।तर सरकारले त्यसबारे अंझै सम्म कुनै निर्णयनै गरेकोछैन।अहिले मतगणनाको बेलामा सरकारले लेप्चे लगाएर जनतालाई गन्न थालेको बेला एक करोडको हाराहारिमा जनताहरू बिदेशमा छन।आखिर उनिहरूको मत कुन आधारमा दर्ताहुन्छ।यसमा सरकारको पोलेसि कस्तो खालकोछ।
अर्को कुरा कालापानी लिपुलेख,लिम्पियाधुरा लगायतका ठाउँबाट सरकारले जनगणना कसरि गर्छ।त्यो ठाउँ भारतिय कब्जामा भयकोले त्यँहा थुप्रो भारत मूलकि ब्याक्तिहरूपनिछन।आनि नेपालको नागरिकहरू भय नभयको बारेमा कसरि जानकारी गराउँला?सरकारले देशको कुन नक्सा अनुसार देशभित्रको नागरिकता लाई सुचिवद्ध गरेर देशको जनगणनि २०७८लाई पुरागर्ला यहि चिन्तामा यो पंक्तिकारछ।
अब नजिकै आम निर्वाचनपनि आएकोछ।त्यसैलाई ध्यायनमा राखेर सरकारले अहिले जनगणनालाई पार्दर्शिय बनाउँने प्रयात्न त अबस्यपनि गर्ला तर कुन आधारमा गर्छ यो महत्वपुर्ण बिषय हो।देशको १२औं जनगणना लाई कसरि पुरागर्छ यो प्रमुख बिषयहो।बि.स.१९६८मा पहिलो पहिलो जनगणना भयको थियो।तर त्यो भन्दा पहिले जंगबहादुर राणाले १९१०/११र१३मा कुल तिन बर्ष लगाएर रास्ट्रीय जनगणना गराएका थिए भनिन्छ।तर पनि नियिमित प्रणालि र बिधिवतरूपमा जनगणना प्रधाध मन्त्री चन्द्र शमशेरले सुरूगराए।
स्म्बत्१९६८,सन१९११देखि गराएका हुन।अहिले सम्म प्रत्येक दश बर्षमा हुने जनगणना करिब बाह्र पल्ट हुँदैछ।जनगणनालाई सरकारले ओपचारिक्ता पुरा गर्ने मात्र नभयर वास्तबिक रूपमा देशका नागरिकहरूको चोखो लिस्ट बनाउँन सकोस।साथै देशमा अहिले सम्म बिदेशबाट देशभित्रियका बिदेशी जस्ले देशको नागरिकता लिई सकेकोछ उनिहरूको पनि लिष्ट संकलन गराउँन हिम्मत राखोश।
अहिले सम्म निम्मन मितिहरूमा जनगणना भयको देखिन्छ।
दोस्रो१९७७(१९२०),तेस्रो१९८७(१९३०),चौथो१९९८(१९४१),पाँचौं१९१९/२१(१९५२/५४),छैठौँ२०१८(१९६१),सातौं२०२८(१९७१),आठौँ २०३८(१९८१),नौवां२०४८(१९९१)दशौँ२०५८(२००१)एघारौं२०६८(२०११)अहिले बाह्रौँ पल्टको जनगणना२०७८(२०२१)सम्पन्न हुँदैछ।खुसिको कुराहो सरकारले आफ्नो देशवासिहरूको संख्या अपडेट गर्नु।तर वास्तबिक रूपमा तथ्याङ्ग डाटा जनजाति आदिवासि, महिंला,दलितहरू लगायतका देशका नागरिकको अबस्था बारेपनि तथ्याङ्ग अपडेट गर्नुपर्छ।साथै देशमा जन्मेका युवाहरूले कति र कुन तहको देशभित्र काम पाए अनि बिदेशमा गयका कुनकुन देशमा के कस्ता काम गर्दैछन।त्यो पनि तथ्याङ्ग जारि गर्नुपर्छ।बिदेशमा नेपाली श्रमजीवीहरूको अबस्था कस्तो दयानियछ भन्नेबारे बिदेशस्थित नेपाली सँग संस्थाहरू सँग बुझेर यथार्थमा आधारित डाटा समेत तैयार पार्नुपर्छ।बिदेशमा नेपाली श्रमजीवीहरूको अहिले यो एक्किसौं सताब्दिमा पनि दयानिय र पसुतुल्य अबस्थाछ।सरकारले सन्धि र सम्झौता गर्न जानेकोछ।तर उक्त सन्धिबाट प्रज्वोलित अधिकार आफ्ना नागरिकहरूले पाएकी पाएकाछैनन् त्यसबारे पनि सरकारको क्रतब्य बन्छ पत्तागर्ने र सम्बन्धित सरकारलाई उक्त सम्झौता लागुगर्न दवाब दिने।अहिले बिभिन्न देशभित्र गयर काममा लागेका नागरिक स्वदेश तत्काल फर्किन त गरैछ।सरकारले जनताको समस्य पनि बुझेर उनिहरूको तथ्याङ्ग मगाएर पनि अपडेट गर्न सकिन्छ।आजको यो बिज्ञानिक युगमा थुप्रै श्रोत साधनहरू द्वारा जनगणना पुरागर्न पनि सकिन्छ।साथै आगामि चुनावमा जो जुन देशमाछ त्यो ठाउँबाट मतदान गर्ने श्रोत जुटाउँन आजैबाट तैयारि गर्नु पर्छ।सरकारलाई भारत स्थित नेपाली हरूको समस्यालाई पनि बुझेर मतदान तथा जनगणनाको पनि कार्य निर्धारित गरावस।उनिहरूको मतदानको ग्यारन्टी गर्नपहल गरोश।

चर्चामा

सम्बन्धित समाचार