• होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिकको साप्पाटा पहिरो बाट खसेको ढुङ्गा लाग्दा एकजना घाइते

स्वामिकार्तिकको साप्पाटा पहिरो बाट खसेको ढुङ्गा लाग्दा एकजना घाइते

  • मङ्लबार, कार्तिक ३०, २०७८
स्वामिकार्तिकको साप्पाटा पहिरो बाट खसेको ढुङ्गा लाग्दा एकजना घाइते

बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ नाउँलामा पहिरो बाट खसेका ढुङ्गा लाग्दा एकजना घाइते भएका छन् । साँझ तिर खेत बाट घर आउने क्रममा ४१ बर्षिय कालु बिक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

घाइते कालुको टाउको र खुट्टामा चोट लागेको छ । उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार्तिक १ गते आएको पहिरोले उक्त गाउँपुरै पहिरोको उच्च जोखिममा रहेको छ भने गाउँनै चिराचिरा परेको छ ।

चर्चामा

सम्बन्धित समाचार