बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पहिरोले गाउँ नै चिराचिरा, सिडियो र डिएसपी पहिरो प्रभाबित क्षेत्र मुक्तिकोटमा

पहिरोले गाउँ नै चिराचिरा, सिडियो र डिएसपी पहिरो प्रभाबित क्षेत्र मुक्तिकोटमा

  • मङ्लबार, कार्तिक ३०, २०७८
पहिरोले गाउँ नै चिराचिरा, सिडियो र डिएसपी पहिरो प्रभाबित क्षेत्र मुक्तिकोटमा
प्रमुख जिल्ला अधिकार, प्रहरी प्रमुख स्थानिय सँग छलपफल गर्दै ।

बाजुरा–बाजुराको स्वामिकार्तिक खापरगाउँपालिका १ मुक्तिकोटको माझँगाउ पुरै चिराचिरा परेको छ । कार्तिक १ गते देखी आएको बेमौसमी अबिरल बर्षाका कारण गाउँ नै चिराचिरा हुदा माझगाउँका ५१ परिवार उच्च जोखिममा रहेका छन् ।

गाउँनै पुरै पहिरो जोखिममा रहेको खबर पछि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मदनजित महरा सहितले स्थलगत अनुगमन गरेका छन् । गाउँमा पुग्दा सोचे भन्दा धेरै फरक रहेको र गाउँनै अन्य ठाँउमा बिस्थापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीले वताएका छन् । तत्काल अन्यत्र पुर्नस्थापना गर्ने अबस्था पनि नभएकाले समस्या रहेको वताए ।

घाम लागेको दिनमा मात्र घर बस्ने गरेका छन् । पानि परेको दिनमा भने गाउँनै खालि गरेर नजिकै रहेको मुक्तिकोट प्राबिमा गएर बस्ने गरेको स्थानियले वताएका छन् । कार्तिक १ गते गाउँको बिचमा पहिरो गएको थियो, भने गाउँ नै चिराचिरा परेको स्थानिय सतल बिकले वताएका छन् । घर मात्र रहेका जमिन पुरै चिराचिरा परेको बिकले वताए  ।

सम्बन्धित निकायमा लेखेर पठाएका छौ, पुर्नस्थापना गर्न संघ सरकार, प्रदेश सरकारले नै लाग्नु पर्ने रहेको प्रजिअले वताए । यो गाउँ बाजुराको सबै भन्दा दुर्गम गाउँ र सबै भन्दा बढी गरिबिको मार खेपिरहेको गाउँ हो । बाह्रै महिना चरम खाद्य संकटको मार खेपिरहेने गाउँ बाढीपहिरोले चरम खाद्य संकट भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । ५१ परिवारका ३ सय भन्दा बढी स्थानिय समस्या परेको गाउँपालिकाले वताएको छ ।

गाउँमा वालवालिका, महिला, बयबृद्ध, लक्षित वर्ग निकै समस्या परेका छन् । आकासमा कालो बादल लाग्ने बित्तिकै घर छोडेर बिद्यालय तथा खुला चौरमा जाने गरेको गाउँपालिका सुचना अधिकारी कुबेर शाहिले वताएका छन् । गाउँ पुरै जोखिम भएपनि राहत भने पाउन नसकेको स्थानियले वताएका छन् । जोखिम सबै दलित परिवारनै रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार