शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका डिएसपी महराकाे सरूवा चतुर्भुज ओझा बाजुरा आँउदै

बाजुराका डिएसपी महराकाे सरूवा चतुर्भुज ओझा बाजुरा आँउदै

९५ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

  • बिहिबार, कार्तिक २५, २०७८
बाजुराका डिएसपी महराकाे सरूवा चतुर्भुज ओझा बाजुरा आँउदै

बाजुरा — प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।  कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो । साेही क्रममा बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराकाे पनि सरूवा भएकाे छ । महरा जिल्ला प्रहरी कार्यालय बाजुराबाट केन्द्रीय अनुसन्धन ब्युराेमा सरूवा भएका छन भने बाजुरामा चतुर्भुज ओझा आँउने भएका छन । चतुर्भुज ओझा प्रहरी प्रधान कार्य बिभाग बिपत ब्यबस्थापन महासाखाबाट बाजुरा सरूवा भएका छन ।
डीएसपीहरुको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ०७८ कात्तिक २५ गतेको निर्णयअनुसार ०७८ को मंसिर महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार