शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा एकैदिन २ जना पुरूष मृत अवस्थामा भेटिए

बाजुरामा एकैदिन २ जना पुरूष मृत अवस्थामा भेटिए

  • बिहिबार, कार्तिक २५, २०७८
बाजुरामा एकैदिन २ जना पुरूष मृत अवस्थामा भेटिए

बाजुरा — बाजुरामा एकैदिन २ जना पुरूष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका छन् । यसरी एकै दिन मृत अवस्थामा भेटिनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का अन्दाजि १८ वर्षका जीवन चंदारा र बुढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् । मृत अवस्थामा भेटिएका दुईजना मध्ये चंदारा बुढीनन्दा नगरपालिका ५ काे विरसैनमा र कटुवाल बुढीगंगा नगरपालिका ८ काे रिठाबजारकाे तलपट्टि बुढीगंगा नदिमा भेटिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृत अवस्थामा भेटिएका बुढीगंगा ४ का कटुवाल २२ गतेबाट घरबाट बेपत्ता भएका थिए भने जगन्नाथ ६ का चंदारा राेजगारीकाे सिलसिलामा बुधबार सदरमुकाम मार्तडीमा आउन लागेका जनाएकाे छ । मृत अवस्थामा भेटिएका कटुवालकाे पाेष्मार्टमपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा दिईएकाे छ भने चंदाराकाे शव पाेष्टमार्टमका लागि काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकाे जनाएकाे छ । एकैदिन छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका दुवै जनाकाे घटनाबारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुरालेे बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार