बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बार्षिक तिथिको अबसरमा बाजुराकाे अनाथ बालगृहलाइ आर्थिक सहयोग

बार्षिक तिथिको अबसरमा बाजुराकाे अनाथ बालगृहलाइ आर्थिक सहयोग

  • बुधबार, कार्तिक २४, २०७८
बार्षिक तिथिको अबसरमा बाजुराकाे अनाथ बालगृहलाइ आर्थिक  सहयोग

बाजुरा — कैलाली स्थित गौरीगंगा नगरपालिका चौमाला स्थित एक परिवारले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई आर्थिक सहयोग गरेको छ । चौमाला निबासी चन्द्र थापाको नाती तुसार थापाको बार्षिक तिथीको अबसरमा कन्शन बाजुरालाई रु १० हजार सहयोग गरेको कन्शन बाजुराका संचालक गणेश थापाले बताएका छन ।

No description available.
अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा सञ्चालित अनाथ बालगृहलाई सहयोग गरेको अध्यक्ष बहादुर थापाले बताएका छन । कन्सन बाजुराको बालगृहमा हाल १३ जना अनाथ बालबालिका बस्दै आएका छन् । बालगृह विसं २०७२ देखि सञ्चालनमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार