आइतवार, असार २१, २०८३
  • होमपेज
  • देश
  • हेलिकप्टरमा सुदुरपशिचम आएको टोलीले कहिले दिन्छ पीडितलाई राहत:कलक सार्कीको बिडम्बना

हेलिकप्टरमा सुदुरपशिचम आएको टोलीले कहिले दिन्छ पीडितलाई राहत:कलक सार्कीको बिडम्बना

  • मङ्लबार, कार्तिक २३, २०७८
सेयर गर्नुहोस् :
हेलिकप्टरमा सुदुरपशिचम आएको टोलीले कहिले दिन्छ पीडितलाई राहत:कलक सार्कीको बिडम्बना

अर्थ जङ्ग शाही/बझाङ — असोज ३१ देखि कार्तिक ३ गते सम्म परेको अविरल वर्षाका कारण बझाङको थलारा गाउँपालिका डिख्ला वडा नम्बर ४ मा एकै घरका १८ जना परिवार गुमाउँदा अहिले कलक सार्की चिन्तामा बाँचिरहेका छन्।

गृहमन्त्री खाँडको टोलीले बझाङको थलारा गााउँपालिका ४ डिख्लामा पीडित परिवारलाई भेटेर कुरा त गर्नु भो-तर भने जति राहत नपाएको हुदाँ पीडित बनेका छन् थलारा र खप्तडछान्नाका पीडित ब्यक्तिहरु। हामीले कहिले अब राहत पाउँने थलारा गाउँपालिकाका कलक सार्कीको बिडम्बना रहेको छ।

मैले मेरा घरका १८ जना परिवार गुमाए,किन म बाँचेको हुला भनेर टाउकोमा दिनरात हात लगाई पिडित तरिकाले बाँचेका छन् कलक सार्की।

यस बिषयमा थप कुरा बुझ्नका लागी हामी थलारा गाउँपालिका डिख्लाका पीडित कलक सार्की सँग फोन सम्पर्क गर्दा- घर परिवारका १८ जना त गुमाए,धन सम्पति पनि गयो,खानको लागी जग्गा जमिन थियो त्यो पनि पहिरोले लिएर गयो। अब सरकारले कहिले दिन्छ त राहत। हेलिकप्टरमा आएर मलाइ भेट्दैमा मेरो मन शान्त त नहोला। सरकारले राहत दिन्छ कि भनेर पर्खेर बसेका छन् अहिले कलक सार्की।

दिनहुजसो मन्त्री र नेता हेलिकप्टरमा आउँछन्, रमिता हेरेर जान्छन्, सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा पनि आकासमा हेलिकप्टरमा आउनु भो आकासबाटै हेरेर हेलिकप्टरमा जानु भयो-थलारा गाउँपालिका र खप्तडछान्ना गाउँपालिकाका पिडित ब्यक्तिहरुको गुनासो रहेको छ।

चर्चामा

सम्बन्धित समाचार