• होमपेज
  • समाचार
  • चीनले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

चीनले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

  • सोमवार, कार्तिक २२, २०७८
चीनले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

काठमाडौं — चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप दिएको छ ।

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्। खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

चर्चामा

सम्बन्धित समाचार