शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ६
  • जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक जना बेपत्ता

जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक जना बेपत्ता

  • शुक्रबार, कार्तिक १९, २०७८
जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक जना बेपत्ता

जाजरकोट– जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता भएका छन् भने सात जना घाइते भएका छन् ।

बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका दिलबहादुर शाही रहेका छन् । अर्का एक जनाको भने नाम खुलेको छैन ।

घाइतेहरूमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन् । घाइते धनबहादुर चालकहुन् । गाडीमा १० जना रहेको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार