सुरेशकुमार पान्डे — भोलिपल्ट गाई तिहार हो आज बिहानै देखुन तोरन बाटेर फुर्शेले एक डोका बनाएको थियो।तोरनमा झुण्डाउँने बुकिको फूल जमजिते पिपलको पात अनि केरा पनि तैयार पारेको थियो।
आज साँझ सम्म उस्को दाई पनि लाहुर बाट आउँने कुराहो कुन्नि किन आई पुगेको छैन?फोन पनि लाग्दैन हुन त नेपाली नम्वर पनि मणिको थाहा छैन।आखिर बस लेट भयरपनि हुन सक्छ।भनेर फुर्शेले मनैमन अनुमान गय्रो।आमा दाई पनि आउँनु हुन्छ भात पकाउँनु है दाईलाई पनि!भन्दै फुर्शे बाहिर निक्लिन्छ।केसरीले बिहानै देखि कांक्राको बिँया रङ्गाएर रातो हरियो गुलाबी र पहेंलो लगायत सातै रङ्का दुईटा माला उनेर तैयार पारेकी थिई।
ओहो बैना भोलि त भाईको होईन दाईको तिहार हो बरू गाईको तिहार मा गाईलाई लगाईदिने माला उन्दिउँन हाम्रा सबै गाईलाई माला लगाई दिउँला!फुर्शेले केसरीलाई अह्राउँदै घाँस पात गर्न जान्छ।उनिहरूको गोठभरी गाई गोरू भैंशिहरू पनि थिए।
हौश दादा मैले आज रातभरी माला बनाएर पुरागर्छु!भन्दै केसरीले डोकामा टिपेको फूलको डोकालाई लिएर दलानमा राख्छिन।मणि आउँछ भनेर कसरि पनि खुसिथिईन।गतबर्षको तिहारमा त टिका लगाउन पाईएन अहिले भने घरमा खुसिको माहोल थियो।मणिले अँस्ति फुन गरेर म पर्सि सम्म आई पुग्छु भनेपछि कसरीले झन खुसि भयर शुन्दर माला तैयार गरेकि हुन।मणिलाई कांक्राको बिंयाँको माला खुबै राम्रो लाग्थ्यो।
आमा अहिले सम्म दादा आउँनु भयन न त कुनै शंदेश आयो आखिरी बसपनि आयो।बस कुरेर बसेको फुर्शे उदास भयर घर फर्कियो।के भयो दादा आउँनु भयन?खै दादा बसमा आउँनु भयन!भन्दै फुर्शे नजीकैको चकटीमा थचक्कै बस्छ,जस्तो कि सरिरमा प्राण निस्किय झैँ।आमाले भान्सा पकाएर पनि सिद्धाईन।तर उनिहरू कसैले पनि खाना खाएका थिएनन्।खै मणि आज आउँदैन होला साहिद त्यो उतै बजार तिर बसे होला खाना खाउँ!भन्दै आमाले भान्सा गर्न अह्राउँछिन।
सबै ले खाना खान थाल्छन।फुर्शेलाई आज अलि आश्चार्य लागेको थियो।इण्डिया बाट हिंडेको दादा त आज आई पुग्नु पर्ने कतै केहि भयो कि?कता कता नराम्रा बिचारहरू मनमा उम्रिने र हराउँने गर्न थालेका थिए।
रातिको भान्सा गरेपछि सबै आ-आफ्नो स्थानमा सुत्न गये तर कसैलाई पनि निन्द्रा लागेन।आखिर सबैको मनमा थोरै धेरै सङ्का उप सङ्का उब्जिएकै थिए।
अहिले सम्म यस्तो भयको थिएन।हिजो हिंडेको बस त आई पुग्यो त्यो बसमा मणि थिएन।आखिर अरू केमा आयो त?फुर्शे ले मनैमनमा सोंचेर रात काट्यो।खोज्न जानुपनि कँहा जाने।
बिहान उठेर नुहाए पछि घरमा बाबर बनाउँछन अनि तोरन दादा आएपछि बान्ने भनेर एक डोका बनाएको थियो।तर दादा न आउँदा फुर्शे उदाश भयको थियो।जसरी तसरी तोरन पनि बान्छ।तर मन मष्तिक फुर्शेको आज अन्तै थियो।उस्ले मनैमनमा सतप्रतिसत कुनैन कुनै अनहोनि घटना भयको अनुमान लगाएको थियो।
मोवेलको घन्टी बज्छ त्यो नम्वर इण्डियाको थियो।दादाको फोन बजेको देखेर फटाफट उठायो।हेलो दादा!हैलो म अरू कोही बोल्दैछुँ!उता बाट जवाफ आयो।हजूर को बोल्नु भयो नम्वर त दादाको हो यो?हजूर हो उँहाको दुर्घटना भयकोछ अहिले हामि अस्पत्तालमा छौँ।यो नम्वर मोवेलमा सेफ रैछ र भाई लेखेको भयर हजूरलाई फोन गरेकाछौँ।हजूरको दाई लाई अहिले उपचार गर्दैछौँ।समय मिल्छ भने एक पल्ट भारतको लखनौँ मा आउँनुस! उता बाट जानकारी आउँछ।
यो तिहारको बेलामा आएको नराम्रो संदेशले घरमा कोतहल मञ्चिन्छ।अब कताको गाई पुज्ने घरमा तिनैजनाको रूवाबास हुन्छ।यो संदेश सुन्दा बित्तिकै फुर्शे भारतको लागि रवाना हुन्छ।घरमा आमाछोरीको रूवाबास थियो।
आर्को दिन लखनौको एउटा असपत्तालमा फुर्शे दाईको गोडा तिर बसेको थियो।दाईलाई कुनै असमाजिक तत्वले बेहोश पारेर उन्को धन समान सबै जिप्टाएर मणिलाई बिहोशिको हालतमा छाडेर गयछ हामिले उन्लाई फेला पारेपछि होस्पिटल पुरायको हौँ।उस्ले बिहोशिको दवाई सुंघाएर समान लुटेको थाहा भयो।उनिहरू भागिसके भेटिएनन।धन्य ज्यान बच्यो दादाको भनेर सन्तुष्टीको स्वासलियो।घरमा तुरून्तै फोन गय्रो र आमालाई केहि भयकोछैन आमा।दादा अब ठिक हुनु हुन्छ न आत्तिनु हामि अब भाई दुजका दिन छिट्टै आउँछौँ भन्दै घरमा आमालाई आस्वासन दिन्छ।