बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • अविरल बर्षाका कारण बाजुरामा २ करोड बढिको अन्नबालीमा क्षेती

अविरल बर्षाका कारण बाजुरामा २ करोड बढिको अन्नबालीमा क्षेती

  • बुधबार, कार्तिक १७, २०७८
अविरल बर्षाका कारण बाजुरामा २ करोड बढिको अन्नबालीमा क्षेती

बाजुरा — बाजुरा जिल्लाभर असोज ३१ गते परेको अबिरल बर्षाका कारण दुई करोड भन्दा बढिको क्षेती भएको छ । अविरल बर्षाका कारण बाजुरामा ३ सय ९२ हेक्टर क्षेत्रफलमा लगाईएको ९४० मे.टन धान र कोदो बाली गरि २ हजार २ सय ९ कृषक परिवारको क्षेती भएको हो ।

कृषि ज्ञान केन्द्रको तथ्याङक अनुसार रू २ करोड ७१ लाख २५ हजार ५५० बरावरको क्षति भएको कृषि ज्ञान केन्द्र बाजुरका सुचना अधिकारी मिन प्रसाद जोशीले बताएका छन । जिल्लामा धान २ सय ५६ हेक्टरमा ७ सय १५ मेट्रिक टन क्षेती भएको सुचना अधिकारी जोशीले बताए ।
जस अनुसार २ करोड १४ लाख १८ हजार ८ सय बराबरको क्षेती भएको सुचना अधिकारी जोशीले बताएका छन । त्यसै गरी कोदो १ सय ३६ हेक्टरमा लगाएकोमा २ सय २४ मेट्रिक टन हो जसमा ५७ लाख ६ हजार ७ सय ५० बराबरको क्षेती भएको जोशीले बताए । बिबरण सहितको अनुमानित तथ्यांक संकलन गरि कृषकहरूलाई उचित राहत तथा क्षतिपुर्तिका लागि सम्वन्धित निकायमा लेखी पठाईएको सुचना अधिकारी जोशीले बताए ।
सधै जसो खाद्य संकट भोग्नुपर्ने जिल्लाले यस बर्ष थप चुनौति व्यहोर्नुपर्ने अवस्थालाई मध्येनजर गर्दै आवश्यक खाद्यान्न आपुर्ति तथा कृषकहरूलाई उचित क्षतिपुर्तिका लागि सम्वन्धित सबै पक्षलाई आ आफ्नो तर्फवाट आवश्यक सहयोग एवम पहल गर्न अनुरोध गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

No photo description available.

 

चर्चामा

सम्बन्धित समाचार