शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस भारतको इसारामा चल्ने पार्टी हो: जैशी

नेपाली काँग्रेस भारतको इसारामा चल्ने पार्टी हो: जैशी

नेकपा एमाले साँफेबगरको अधिवेशन सुरु

  • मङ्लबार, कार्तिक १६, २०७८
नेपाली काँग्रेस भारतको इसारामा चल्ने पार्टी हो: जैशी

अछाम —  नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्या तथा जिविस महासंघका प्रवक्ता कृष्ण प्रसाद जैशीले नेपाली काँग्रेस भारतको इसारामा चल्ने पार्टी भएको बताएका छन। नेकपा एमाले साँफेबगर नगर कमिटीको प्रथम अधिवेशन कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै जैशीले नेकपा एमालेको पहिलो पटक बनेको सरकारले गरेका विभिन्न लोकप्रिय कार्यहरुको विरोध गर्ने नेपाली काँग्रेसले देशको ढुकुटी रित्यायो, कनिका छरेको आरोप लगाए पनि अहिले ती कार्यक्रमहरु लोकप्रिय नै रहेको बताए ।

यस्तै उहाँले नेपाली काँग्रेस भारतलाई ढोग्ने पार्टी भएको आरोप लगाउनु भएको छ। नगर कमिटी अधिवेशनाम बोल्दै प्रदेश कमिटी सदस्य जैशीले अहिले नेकपा एमालेबाट चोईटिएर जानेहरु पदको लोभि भएर समाजवादी पार्टीमा लागेको बताए । उनले एमालेबाट समाजवादीमा जाने नेता तथा कार्यकर्ताहरुलाई एमालेका कार्यकर्ताहरुले दिएको भोटलाई सम्झेर नेकपा एमालेमै फर्किन आग्रह समेत गरेका छन ।

यस्तै प्रथम नगर अधिवेशन कार्यक्रमका विशिष्ठ अतिथि तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्दले अछाम जिल्लाबाट नेकपा एमालेका कार्यकर्ताहरुले सूर्य चिन्हबाट चार जना सांसदहरुलाई प्रदेश सभामा निर्वासचत गराए पनि अहिले आफू बाहेक अरु तीन जनाले एमाले छाडेर समाजवादी पार्टीमा लागेर जनताले दिएको मतको अवमुल्यांकन गरेको बताएका छन । यस्तै उनले सूर्य चिन्हबाट निर्वाचन जितेर फरक पार्टीमा जाने सांसदहरुलाई जनताले दिएको मतको पाप लागने बताएका छन। उनले नेकपा एमाले पार्टीले पार्टीको निर्देशन अनुसार काम गर्ने नेता तथा कार्यकर्ताहरुको मुल्यांकन गरेको पनि बताएका छन।

नगर अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले वन तथा वातावरण विभाग केन्द्रीय सदस्य देव बहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, लाल बहादुर खड्का, जंग बि।क।, कृष्ण बहादुर शाह, बालगिरी कुँवर, रमेश कुँवर, सागर सिंह बाब्ली, केशर मियाँ, जिल्ला कमिटी सचिवालय सदस्य तथा सााफेबगर नगर कमिटी ईञ्चार्ज पशुपति कुँवर, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य आकाश कुँवर, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दीपक कुँवर, नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य बि.एस. ओड, नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य लक्ष्मण खड्का, क्षेत्रिय कमिटी उपसचिव ललित कुँवर, प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पुष्पराज भट्ट, साँफेबगर नगरपालिका वडा नम्बर १४ बा वडा अध्यक्ष कर्ण बहादुर साउँद, युवा संघका जिल्ला अध्यक्ष हिरेण्ड कुँवर, अनेरास्ववियुका जिल्ला सदस्य भिम बडाहित लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

नेकपा एमाले साँफेबगर कमिटी उपसचिव दुधकला बिष्टले स्वागत मन्तव्य राख्नु भएको नगर अधिवेशन कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव चक्र सुनारले गरेका थिए । अहिले अधिवेशनको खुला सत्र समाप्त भएर बन्द सत्र चलिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार