• होमपेज
  • बडिमालिका
  • खाद्य अधिकार संजाल बाजुराद्धारा जिल्ला प्रशासनमा बुझायो ११ बुदे ज्ञापन पत्र

खाद्य अधिकार संजाल बाजुराद्धारा जिल्ला प्रशासनमा बुझायो ११ बुदे ज्ञापन पत्र

  • मङ्लबार, कार्तिक १६, २०७८
खाद्य अधिकार संजाल बाजुराद्धारा जिल्ला प्रशासनमा बुझायो ११ बुदे ज्ञापन पत्र

बाजुरा — जिल्ला खाद्य अधिकार संजाल बाजुराले जिल्लाको खाद्य अधिकार र समसामुहिक सवालमा ११ बुदे ज्ञापन पत्र बुझाएको छ । पोषणयुक्त खाद्य, बसोवास, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ पिउने पानी, रोजगारीको अवसर पाउने अधिकार र सामाजिक सुरक्षा पाउने अधिकारका बारेमा ज्ञापन पत्र बुझाएको हो ।
खाध्य अधिकार संजालका अध्यक्ष मदनराज जैशीको हस्ताज्ञेर ज्ञापनमा बाजुरा जिल्लामा २०७८ साल असोज ३१ गते देखी परेको अविरल बर्षाका कारण बाजुरेली कृषक लाई पर्न गएको क्षतिको वास्तविक तथ्याङ्क संकलन गरि यथासक्य राहात उपलब्ध गराउन माग गर्दछौ भनिएको छ ।
त्यसै गरि हलिया , खलिया , विपन्न तथा ज्याला मजदुरीबाट दैनिक जिवन गुजारा गर्न वाध्य जोखिममा रहेका वर्गलाई लक्षित गरेर न्यूनतम खाद्य सहायता समेतको रेपिड रेस्पोन्स तथा बिशेष राहात कार्यक्रमका माध्यामवाट जीवनरक्षा गर्न माग गरिएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सडक र वाटोको समस्या बनाई सामानको कृत्रिम अभाव सृजना गरि कालो बजारी गर्ने र सामानको मुल्य बढाई उपभोक्ता ठग्ने कार्यहरु भएकोेले बजारमा आवश्यक बस्तुको सहज आपुर्तिको ब्यवस्था मिलाई स्वच्छ बजार र उपभोक्ता हक अधिकार संरक्षण गर्न अनुरोध गरिएको छ ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/11/RTFNETWORK-BAJURA.pdf

 

चर्चामा

सम्बन्धित समाचार