बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा जातीय विभेद् गर्ने जैशीलाई अदालतले तोक्यो ५ हजार जरिवाना

बाजुरामा जातीय विभेद् गर्ने जैशीलाई अदालतले तोक्यो ५ हजार जरिवाना

  • सोमवार, कार्तिक १५, २०७८
बाजुरामा जातीय विभेद् गर्ने जैशीलाई अदालतले तोक्यो  ५ हजार जरिवाना

बाजुरा — बाजुराका दलित समुदाय तथा दलित पत्रकारहरुमाथि सामाजिक संजाल मार्फत जातीय विभेद् गर्ने बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँका वर्ष ३५ का सत्यराज जैशीलाई बाजुरा जिल्ला अदालतले ५ हजार जरिवाना सहितको फैसला सुनाएको छ । जातिपातिको आधारमा छुवाछुत तथा भेदभाव् गर्न नहुने मुद्धामा बाजुरा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको २०७८/५/२१ गतेको ईजालासले प्रतिवादी सत्यराज जैशीबाट रू ५ हजार जरिवाना असुल गर्नु भनि फैसला गरेको हो । जातिपातिको अधारमा छुवाछुत वा भेद्भाव गर्न नहुने सम्बन्धीत जिल्ला अदालत बाजुराबाट गरिएको यो पहिलो फैसला हो ।

जैशीले मिति २०७७ असार १ गते राति १० बजेको समयमा सिंगो बाजुरा जिल्लाका दलित समुदाय र यहाँ पत्रकारलाई लक्षित गरी जातिपातिको आधारमा छुवाछुत वा भेद्भावपूर्ण व्यवहार हुने गरी सामाजिक लेखेका थिए ।

सोही विषयलाई लिएर राष्ट्रिय दलित पत्रकार संघ बाजुरा शाखाका अध्यक्ष मदन विकको नेतृत्वमा जिल्लाका दलित समुदायका पत्रकारहरु र दलित अधिकारकर्मीहरुले जातीय भेदभाव् गर्ने जैशीमाथि कारवाही गरिपाउँ भनेर २०७७ साल असार २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थियाै दलित पत्रकार संघ अध्यक्ष मदन बिकले भने ।

प्रतिवादी जैशी विरुद्धको फैसला भने बाजुरा जिल्ला अदालतबाट डेढ वर्षपछि निजबाट ५ हजार जरिवाना भराउने गरी फैसला सुनाएको  दलित पत्रकार संघका अध्यक्ष  बिकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार