बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

  • सोमवार, कार्तिक १५, २०७८
भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा)को उत्तम साइत रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।
२०७८ सालको तिहारपर्वसँग सम्वन्धित दिन तथा साईतहरू
१) वि.सं. २०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती।
२) वि.सं. २०७८ कात्तिक१७ गते, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने)
३) वि.सं. २०७८ कात्तिक १८ गते, विहिबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४) वि.सं. २०७८ कात्तिक १९ गते, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२ प्रारम्भ ।
५) वि.सं. २०७८ कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका ,(किजापूजा) बिहान ११:२ बजे।

चर्चामा

सम्बन्धित समाचार