बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • मेयरको घर अगाडि वडाअध्यक्षहरूले फोहोर थुपारेपछि…

मेयरको घर अगाडि वडाअध्यक्षहरूले फोहोर थुपारेपछि…

  • सोमवार, कार्तिक १५, २०७८
मेयरको घर अगाडि वडाअध्यक्षहरूले फोहोर थुपारेपछि…

जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडि आज उपमहानगरपालिकाका वडा अध्यक्षहरूले फोहोर जम्मा पारेर थुपारेका छन्। नगरको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडाध्यक्षहरूले मेयर साहको घर अगाडि फोहोर थुपारेका हुन्।

दीपावली र छठ पर्व नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरूले फोहोर थुपारेका हुन्। डम्पिंग साइटको अभावमा उपमहानगर भित्रको फोहोर दीपावली नजिकिए पनि उठ्न नसकेपछी स्थानीयमा आक्रोश देखिएको र मेयर साहले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले त्यो आक्रोश व्यक्त गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नं ३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले फोहोर मेयर साहको घर अगाडि थुपारेका हुन्। ट्रैक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफै ट्रैक्टर चलाएर मेयर साहको घरसम्म फोहोर पुर्याएका थिए।

फोहोर व्यवस्थापनका लागि मेयर साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रैक्टरसम्म उपलब्ध नगराएकोले बिरोध स्वरुप मेयर साहको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए। यद्यपि आफ्नो वडामा आफै सरसफाइ गरेर फोहोर व्यवस्थापन गर्न लागेको वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए।

चर्चामा

सम्बन्धित समाचार