बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमाले बडीमालिका नगर कमिटीको अध्यक्षमा धर्मराज पाध्याय निर्बिराेध चयन

एमाले बडीमालिका नगर कमिटीको अध्यक्षमा धर्मराज पाध्याय निर्बिराेध चयन

  • आइतवार, कार्तिक १४, २०७८
एमाले बडीमालिका नगर कमिटीको अध्यक्षमा धर्मराज  पाध्याय निर्बिराेध चयन

बाजुरा — नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा धर्मराज पाध्याय सर्वसम्मत चयन भएका छन् ।नेकपा (एमाले) बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन बाट बडीमालिका ७ का वडा अध्यक्ष तथा प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका पाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

नगर कमिटीको उपाध्यक्षमा बिमला थापा साउद निर्बाचित भएकी छन ।  सचिव लगायतका अन्य पदहरुमा भने अझै सहमति हुन सकेको छैन् । नगर अधिवेशन सूरु भएको ३ दिनपछि अध्यक्षमा उम्मेदवारी दिएका जँग विक, सुर्यकिरण विक र अँगत रावलले अध्यक्षमा सहमति गरेपछि पाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका नेकपा एमाले अधिबेशन निर्बाचन समितिले जनाएकाे छ । नगर कमिटीकाे उपाध्यक्ष सहित अन्य पदमा उम्मेदवारहरु विच आज साँझ सहमति हुने र भोलि विहानसम्म सवै पदाधिकारीको टुंगो लागिसक्ने एमाले बडीमालिका नगर कमिटीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार