आमा हामि लाहुरेहरूलाई कहिले तिहार आउछ,
साहुको रूखो बोलि मात्र न कसैको प्यार आउछ।
अरुले खुसि मनाउँछन हेर्दा आमाको संझना मात्रै,
हातमा सधै गैंचि सुरुङ्ग खन्न लाई औजार आउँछ।
गरिबको सुखःर खुसि पसिना र आँशुले बगाउँदा,
बाँच्नमन लाग्दैन मर्नेमात्र सधैभरी बिचार आउछ।
पर्वाशि मजदुरको अबस्था झन झन जटिल भयो,
हतार हुन्छौ देशमा गरिबको कैले सरकार आउछ।
हो जातिय र क्षेत्रिय जाल बुनि राज गरेको देख्दा,
शंघर्ष त गर्नैपर्छ नसोच्नु कुनै अरु औतार आउछ।
सबै काम कार्वाहिले शंघर्षको आधार बनाउँ हामि,
मन मष्तिकमा क्रान्तिको बिचार बारमबार आउछ।