मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेकपा एमाले बुढिगंगा नगर कमिटिको अध्यक्षमा नरेन्द्र थापा सर्बसम्बत

नेकपा एमाले बुढिगंगा नगर कमिटिको अध्यक्षमा नरेन्द्र थापा सर्बसम्बत

  • शनिबार, कार्तिक १३, २०७८
नेकपा एमाले बुढिगंगा नगर कमिटिको अध्यक्षमा नरेन्द्र थापा सर्बसम्बत

बाजुरा — नेकपा एमाले बुढिगंगा नगर कमिटिको अध्यक्षमा नरेन्द्र थापा चयन भएका छन । नेकपा एमाले बुढिगंगा नगर कमिटिको उपा अध्यक्षमा हरिकेश नेपाली सचिवमा हिमाल शाह, उपसचिवमा डम्मर बहादुर थापा र सर्कल थापा लगायत ५५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जनाएको छ ।
बिहिबार सुरु भएको बाजुरामा नेकपा एमालेका ३ ओटा स्थानीय तहको अधिबेशन सुरु भएकोमा नेकपा एमाले गौमुल गाउँकमिटिको र बुढिगंगा नगरकमिटिको अधिबेशन सम्पन्न भएको छ ।

त्यसै गरी बुढिनन्दा नगरपालिकामा भने सहमतीको प्रयास जारी रहेको राजन रोकायाले जानकारी दिएका छन ।  सुक्रबार देखी सुरू भएकाे नेकपा एमाले बडिमालिका नगर कमिटिको अधिबेशनको बन्दसर्त चलिरहेको नेकपा एमाले प्रचार बिभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन ।
बाजुराका ९ ओटा स्थानीय तह मध्य ५ ओटा स्थानीयको अधिबेशन सम्पन्न भएको छ भने बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको अधिबेशनको बन्द सत्र चलिरहेको नेकपा एमाले बाजुराले जनाएको छ । त्यसै गरी यहि कार्तिक १५ गते त्रिबेणी नगर पालिकार १७ गते हिमाली गाउँपालिकाको अधिबेशनको मिति तय भएको नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार